• होमपेज
  • समाचार
  • मुसा, साङ्ला र उडुस मार्न टेन्डर आह्वान

मुसा, साङ्ला र उडुस मार्न टेन्डर आह्वान

  • शुक्रबार, साउन २९, २०७८
मुसा, साङ्ला र उडुस मार्न टेन्डर आह्वान

काठमाडौँ — त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ।

मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो सो खुलाई गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो। अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार