• होमपेज
  • बडिमालिका
  • मालिकामा माबि का बिद्यार्थीको एन्टिजेन परिक्षण गर्दा सबै नेगेटिभ

मालिकामा माबि का बिद्यार्थीको एन्टिजेन परिक्षण गर्दा सबै नेगेटिभ

  • बिहिबार, साउन २८, २०७८
मालिकामा माबि का बिद्यार्थीको एन्टिजेन परिक्षण गर्दा सबै नेगेटिभ

बाजुरा — जिल्लाको सदरमुकाम स्थित मार्तडीमा रहेको मालिका माध्यामिक बिद्यालयका ६५ जना बिद्यार्थीहरुको एन्टिजेन परिक्षण गरीएको छ । ६५ जनाको परिक्षण गर्दा सबै बिद्यार्थीहरुको रिर्पोट नेगेटिभ आएको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताएका छन । चौतर्फी गुनासो पछि बडिमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बिद्यालय स्तरमा कोरोना परिक्षणका लागि एन्टिजेन बिधीबाट कोरोना परिक्षण गरिएको शाखा प्रमुख खड्काले बताए ।
बिद्याथीहरु धेरै बिरामी परेको भन्ने खवरपश्चात मालिका माबिमा यसको सुरुवात गरिएको र शनिबार सदरमुकाममै रहेको प्राईभेट स्कुल कन्र्भस एकेडेमी बोडिङ स्कुलमा पनि एन्टिजेन परिक्षण गरिने खड्काले बताएका छन । यसले गर्दा बिद्यालय स्तरमा कत्तिको जोखीम छ भन्ने कुराको अनुमान गर्न सकिने उनले बताए । आज गरिएको परिक्षणमा एक जना पनि पोजेटिभ नहुन खुसीको कुरा रहेको स्वास्थ्य शाखा प्रमुख खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार