बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका खवरका कार्यकारी सम्पादक पाध्याय सहित बिभिन्न बिधाका ९ जना सम्मानित

बडिमालिका खवरका कार्यकारी सम्पादक पाध्याय सहित बिभिन्न बिधाका ९ जना सम्मानित

  • बिहिबार, साउन २८, २०७८
बडिमालिका खवरका कार्यकारी सम्पादक पाध्याय सहित बिभिन्न बिधाका ९ जना सम्मानित

बाजुरा — ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ बाजुरा जिल्लाको सदरमुकाम मार्तडी संचालन  २२ औँ अन्तराष्ट्रिय युवा दिवसकाे अवसरमा  बडिमालिका खवरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय लगायत बिभिन्न बिधाका ९ जना ब्यक्ती सम्मानीत भएका छन । सुक्रबार बडिमालिका नगरपालिकाको हलमा संचालन गरीएको  २२ औँ अन्तराष्ट्रिय युवा दिवसकाे अवसरमा बिबिन्न बिधाका ९ जनालाई सम्मान गरेको हो । सम्मानीत हुनेमा बडिमालिका खवरका कार्यकारी सम्पादक तथा एभिन्युज खवरका बाजुरा समाचारदाता लक्ष्मीराज पाध्याय, रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओली, नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष तथा किनार न्युजका अध्यक्ष छक्क मल्ल र राष्ट्रिय समाचार समितिका बाजुरा सम्बादाता प्रेम रौले लगायत ४ जना पत्रकार युवा दिवसका अबसरमा सम्मानीत भएका छन । युवाहरुको सम्बोद्धनका लागि सुचना तथा समाचार सम्प्रेषण, जवाफदेहीता, प्रबद्धन जनचेतना अभिबृद्धीका लागि उल्लेख्य भुमिका निर्बाह गरेको भन्दै ४ जना पत्रकार सम्मानीत गरेको आयोजक समितिले जनाएको छ ।
त्यसै गरी कोरोना महामारीका बिच स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशी र स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाई समेत सम्मान गरेको जनाएको छ ।
त्यस्तै गरी महिला हिसां लगायतका क्षेत्रका सवालमा वकालत गरे वाफत नागरिक समाजका अगुवा तुलाराम जैशीलाई सम्मान गरेकाे बडिमालिका नगरस्तरीय युवा संजालका अध्यक्ष प्रशान्तराज जैशीले बताएका छन ।  बैक तथा बित्तिय क्षेत्रमा उल्लेखनिय काम गरेकाे भन्दै राष्ट्रिय बाणिज्य बैकका प्रमुख टिकाराम बुढालाइ पनि सम्मान गरेकाे छ ।
त्यसै गरी नगरपालिका भित्र नमुना कृषि ब्यबासायी माया बिकलाई सम्मान गरेकाे  जैशीले बताए । नगरपालिका भित्रकै नमुना ब्यबासयीको रुपमा हाैसला स्वरुप बिकलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
जिल्ला युवा समिति, राष्ट्रिय युवा महासघं र बडिमालिका नगरस्तरीय युवा संजालको आयोजनामा बाजुरा जिल्लामा सुरुमा युवाको हकतिका लागि वकालत गरेका युवा बडिमालिका नगरपालिका वडा न ९ का वडाअध्यक्ष स्वर्गिय बिनोद बिकको सम्झनामा उनको परिवारलाई खाध्यान्न तथा उनका छाराछोरीलाई स्टेशनरी साम्रगी सहयोग समेत गरेको मदन राज जैशीले बताए ।
जिल्ला युवा समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व भुमिसुधार तथा सहायक मन्त्री जनकराज गिरी रहेका थिए । बडिमालिका नगर स्तरीय युवा संजालका अध्यक्ष प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत, गैसस महासघंका केन्द्रीय सदस्य काशी बिक लगायत बिषिश्ठ अतिथि रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार