• होमपेज
  • समाचार
  • श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

  • बिहिबार, साउन २८, २०७८
श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर  हत्या

काठमाडौं — काठमाडौंको गौशालास्थित गुहेश्वरी मन्दिर नजिकै श्रीमानले घाँटी थिचेर श्रीमतीको हत्या गरेका छन् । पत्नी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने राम श्रेष्ठलाई पक्राउ गरेको छ ।

बिहिबार ३९ वर्षका श्रेष्ठले २३ वर्षीया पत्नी रन्जु तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जनाए ।

रन्जुको पेटमा ६ महिनाको बच्चा थियो । एक साताअघि झगडा हुँदा रन्जुले ‘अब मेरो श्रीमान मरे बराबर भयो’ भनेर चुरा र पोते फुकालेकी थिइन् बिहिबार बिहान सो विषयमा फेरि झगडा हुँदा ‘घाँटी थिचेर हत्या गरेको’ आरोपीले प्रहरीसँग बताएका छन् ।

पत्नी हत्यापछि रामले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर खबर गरेका थिए । प्रहरी डेरामा पुग्दा उनी चुकुल लगाएर कोठामा बसिरहेका थिए । उनले गुहेश्वरीमा मोटरसाइकल किनबेच गर्ने रिकण्डिशन संचालन गरेका छन् । रन्जुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार