शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश २
  • ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

  • बुधबार, साउन २७, २०७८
ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको मृत्यु हो ।

यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ । ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको जनाएको छ ।

शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले चालक र ट्याक्टरधनीको खोजी भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार