• होमपेज
  • समाचार
  • दार्चुलाको तुईन घटनालाई ढाकछोप नगर्न: नेकपा बिप्लब दार्चुलाका सचिव मल्लको चेतावनी

दार्चुलाको तुईन घटनालाई ढाकछोप नगर्न: नेकपा बिप्लब दार्चुलाका सचिव मल्लको चेतावनी

  • बुधबार, साउन २७, २०७८
दार्चुलाको तुईन घटनालाई ढाकछोप नगर्न: नेकपा बिप्लब दार्चुलाका सचिव मल्लको चेतावनी

अर्थ जङ्ग शाही/बझाङ्ग — जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुला घटनालाई ढाकछोप गर्न भ्रमपुर्ण विज्ञप्ति प्रकाशन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले आपत्ति जनाएको छ।

दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामीको तुइन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बलका जवानले तुइन काटेर बेपत्ता भएको घटनालाई ढाकछोप गर्नेगरि विज्ञप्ति प्रकाशन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई भेटेर आपत्ति जनाएको हो ।

धामीसंगै तुइन तरेका, प्रत्यक्षदर्शी र स्थानिय समुदायले सिमा सुरक्षा बलले तुइन काटेको बताइरहँदा पनि दुई देशको सम्बन्धमा खलल पुग्ने बहानामा घटनालाई ढाकछोप गर्न खोजेको नेकपा दार्चुला सेक्रेटरी भरत मल्लले बताए

भेटमा ढाकछोप गर्ने आफूहरूको उद्देश्य नभएको र घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिबद्ध रहेको जानकारी प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले दिएको समेत उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार