• होमपेज
  • राजनीति
  • लुम्बिनीमा मन्त्रिपरिषद् बैठक सम्पन्न, थप दुई मन्त्रीले राजीनामा दिने

लुम्बिनीमा मन्त्रिपरिषद् बैठक सम्पन्न, थप दुई मन्त्रीले राजीनामा दिने

एमाले संसदीय दलको बैठक सुरु

  • बुधबार, साउन २७, २०७८
लुम्बिनीमा मन्त्रिपरिषद् बैठक सम्पन्न, थप दुई मन्त्रीले राजीनामा दिने

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । बैठकअघि मन्त्रिपरिषद्को बैठक बसेको छ । मन्त्रिपरिषद् बैठक लगत्तै सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ । दुवै बैठकको निर्णय बारे मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

यता, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको मुद्दा मङ्गलबार हेर्न नभ्याइनेमा राखिएको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मङ्गलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो। रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिइसकेका छन् । पार्टी नीति विपरित शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । त्यस्तै, जसपाबाट नै मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले पनि राजीनामा दिने बताइएको छ।

गत वैशाख ६ गते ​जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतबाट अन्तरिम आदेश नआएपछि आज आफूले नैतिकताको आधार राजीनामा दिएको पाण्डेले बताए ।

लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहेका थिए । पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् । ती सबै पोखरेल सरकार विरुद्धको गठबन्धन दलतिर लागेका छन् ।

चर्चामा

सम्बन्धित समाचार