• होमपेज
  • समाचार
  • उदयपुरमा किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

उदयपुरमा किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

  • मङ्लबार, साउन २६, २०७८
उदयपुरमा किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर — ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ । उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए ।

साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन ।

क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको बलत्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ । ‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए । घटनामा सलग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार