शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका युवाहरु ज्यानको बाजी थापेर भारतमा झुलो टिप्दै

बाजुराका युवाहरु ज्यानको बाजी थापेर भारतमा झुलो टिप्दै

  • मङ्लबार, साउन २६, २०७८
बाजुराका युवाहरु ज्यानको बाजी थापेर भारतमा झुलो टिप्दै

जंग रावल — बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न ६ का दिपेन्द्र खड्का रोजगारीको सिलसिलामा भारतको उत्तरकासीमा झुलो टिप्न गएका छन । उनी जस्तै बाजुराका हजारौ युवाहरु यति बेला भारतको बिभिन्न ठाउँमा ज्यानको बाजी थापेर झुलो टिप्न लागेका छन । केही युवाहरु भारतका बिभिन्न जंगलमा झुलो टिपेर रोजगारी गरी रहेका छन भने केही युवा भारतको सिम्लामा स्याउ टिप्न गएका देखीन्छन । जिल्लामा कुनै रोजगार नपाउदा उनिहरु ज्यानको कुनै प्रबाह नगरी भारतका हरेक ठाउँमा रोजगारी गरिरहेका छन ।
नेपाल बाट सो ठाउँमा पुग्न करिव ५ दिन लाग्ने गर्दछ । केहि वर्ष कोरोना संक्रमणका कारण भारतको उत्तरकाँसी प्रदेशका विभिन्न ठाउँमा जाने रोकिएका नेपाली पुन कोरोना संक्रमण कम हुने वित्तिकै सो ठाउँमा जाने लागेका देखीन्छन ।
गाउँमा बेरोजगार बसेर घरचलाउन धौधौ भएका युवा दाजुभाईहरु भारतमा रोजगारको खोजिमा जाने गर्दछन । विषेश गरेर अषाढको खेतिपाति सकाएर त्यो विचको खालि समयमा गएको बडिमालिका नगरपालिका वडा न ६ का युवा भक्त बडुवालले बताए । गाउँमा कुनै रोजगारी पाइएन कोरोनाको जोखीमका बिच परिवार पाल्नकै लागि भए पनी भारतको उत्तरकासीमा अहिले झुलो टिपेर पैशा कमाई रहेको उनले बताए । यहा ठुला रुखहरुमा चढेर निकाल्नुपर्ने रहेछ उनले भने । ज्यानको जोखीम मोलेर भए पनि झुलो टिपेर पैशा कमाएर घर परिवारको जिविको चलाउने उनको सपना रहेको छ । उत्तरकाँसीको जंगलमा गएर रुखमा भएको झुलो टिप्ने काम मात्र नभएर अन्य जस्तै घर निर्माण , ढुंगा फुटाउने बोक्ने,सडक निमाणर् गर्ने , घाँस काट्ने काम पनि गर्ने सोही नगरपालिकाका तुले खड्काले बताए ।

No description available.

बाजुरा जिल्लाका युवाहरु साना साना समुह बनाई सो ठाउँमा काम गरिरहेको बडिमालिका नगरपालिका वडा.नं ६ का दिपेन्द्र खड्काले बताएका छन । बाजुरा जिल्ला मात्रै सुदुर पश्चिम प्रदेशका पहाडी जिल्लाका धेरै युवाहरु अहिले रोजागारीको सिलसिलामा यहा आएका छनै भारतको उत्तरकाशीबाट अर्का एक युवा खप्तड छेडेदह गाउँपालिका गुदुखातीका मोहन धामीले बडिमालिका खवरलाई बताएका छन । उत्तरकाँसी प्रदेशमा नेपालका पुर्वि क्षेत्रका जिल्ला सल्यान, प्युठान, रोल्पा, जाजगरकोट लगाएतका जिल्ला र सुदुर पश्चिमका बाजुरा , बझाँग , अछाम, कैलाली, कंचनपुर लगायत जिल्लाका युवाहरु भारतमा चौकिदारी गरी जिविको चलाउने गरेका छन । बाजुराका युवाहरु यतिबेला भारतमा चौकीदारी गरी दशैको समयमा घर फर्कने गर्दछन ।

चर्चामा

सम्बन्धित समाचार