बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा रहेको पौरखी संचार सहकारीद्धारा संचालीत रेडियो पौरखीका कर्मचारीहरुले तलव नपाएकोले पत्रकार महासंघ बाजुरामा छलफल र न्यायका लागि आग्रह गरेका छन । रेडियोमा कार्यरत पत्रकारहरुले बर्षभरी ५ महिनाको तलव नदिएको भन्दै पत्रकार महासघमा उजुरी गरेका छन । रेडियोका कर्मचारीहरुले तलव नपाएको बिरोधमा ३ दिन देखी रेडियो समेत बन्द गरी तालाबन्दी गरेका छन । बर्ष भरी सात महिनाको तलव खाएर १२ महिनाको तलवमा हस्ताक्षेर गराउन दवाव दिएको भन्दै पत्रकार महासघ जिल्ला शाखा मार्फत पत्रकार महासंख सुदुर पश्चिम कमिटिी केन्द्रीय कमिटि प्रेश काउन्सील र सुचना बिभागमा बोदार्थ दिएका छन ।
संचालक समितिलाई एक बर्षकै तलव दिन आग्रह गर्दा पनि संचालक समितिले सुनावाई नगरेकोले पत्रकार महासंघमा न्यायका लागि अनुरोध गर्दछौ निबेदनमा ५ जनाको हस्ताक्षेरीत निबेदनमा उल्लेख गरिएको छ । सयुक्त हस्ताक्षेर सहितको निबेदन नेपाल पत्रकार महासघ बाजुरा शाखाकी सचिव नन्दा थापालाई बुझाएको राम बहादुर बिकले बताएका छन ।
सरकारले जारी गरेकाे न्युनतम पारिश्रमीक निधारण समितिले २०७५ साल भदाै २४ र २५ गते काठ्माण्डाैमा सम्पन्न पारिश्रमीक निधारण समितिले गरेकाे निर्णय अनुसार ५ सय वाट भएकाे रेडियाेकाे हकमा २१ हजार ५ सय पारीश्रमिक निधारण गरेकाे भए पनि रेडियाे पाैरखी सं.चालक समितिले २०७७ असाेज १ गते गरेकाे निर्णय अनुुसार समेत तलव नदिएकाे बताएका छन ।
प्राबिधीक प्रमुख मान बहादुर अएडी, समाचार प्रमुख चक्र अएडी,समाचार सहायक राम बहादुर बिक, समाचार सहायक रमा कुमारी रावल र ब्यवस्थापक सुरेश कठायतको सयुक्त हस्ताक्षेर सहितको पत्र नेपाल पत्रकार महासघलाई बुझाएको मान बहादुर अएडीले बताएका छन । सात महिनाको तलव खाउ बाँकी पैशा छैन यसलाई बाह्र महिनाको तलव मान्नु भन्ने संचालक समितिले निणर्य गरेको र पाँच महिनाको तलव काटीदिएको भन्दै रेडियोका कर्मचारीहरुले शनिबारदेखी ताला लगाएको रेडियोका कर्मचारीले बताका छन ।
कर्मचारीहरुलाई सात महिनाको तलव पुग्यो बाकी पछिल्लो बर्ष दिने गरी निणर्य गराउन खोज्दा पनि संचालक समितिले अटेर गरेपछि कर्मचारी काममा नजादा रेडीयो बन्द हुन पुगेको स्टेशन म्यानेजर बसन्त बिकले बताएका छन । यता रेडियोका कर्मचारीहरुले जबसम्म आफ्नो माग पुरा हुदैन तवसम्म रेडियोमा लगाएको ताला नखोल्ने बताएका छन ।