• होमपेज
  • समाचार
  • सुनको सिक्री लुटपाट गरेको आरोपमा युवक पक्राउ

सुनको सिक्री लुटपाट गरेको आरोपमा युवक पक्राउ

  • सोमवार, साउन २५, २०७८
सुनको सिक्री लुटपाट गरेको आरोपमा युवक पक्राउ

काठमाडौं — प्रहरीले सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् ।

सुवेदीले बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीको दाबी छ ।

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयहरुको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार