• होमपेज
  • समाचार
  • तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

  • सोमवार, साउन २५, २०७८
तीर्थालु चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ ।

बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना तीर्थालुको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिहान ४ बजे भएको दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर- १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो ।

नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार