बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • जनमत पार्टीको यमुना माई अधिवेशन सम्पन्न

जनमत पार्टीको यमुना माई अधिवेशन सम्पन्न

  • आइतवार, साउन २४, २०७८
जनमत पार्टीको यमुना माई अधिवेशन सम्पन्न

मेवालाल यादव — रौतहटको यमुना माई गाउँपालिकामा जनमत पार्टीको गाँउपालिका अधिवेशन आज सम्पन्न भएको छ । जनमत पार्टी यमुना माई नगर अध्यक्ष राजिव यादव को अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्र जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहा को प्रमुख आतिथ्यमा एवं जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को विशेष आतिथ्यमा र जनमत पार्टी बरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह, जनमत पार्टी रौतहटको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादव, जिल्ला सचिव बिकास कुमार यादव, जिल्ला सह-सचिव नविन कुमार श्रीवास्तव पंकज, जिल्ला कोषाध्यक्ष बिरेन्द्र साह, जिल्ला कार्यकारिणी समिति सदस्य एवं क्षेत्रिय अध्यक्ष राजकुमार साह, मुस्लिम जनमत संघको जिल्ला संयोजक साह आलम लगायतका नेताहरुको आतिथ्यमा अधिवेशन भएको छ ।

जनमत पार्टीको नेता कार्यकर्ता हरुले सयकडौं को संख्यामा भव्य मोटरसाइकल रैली सहित गाउँपालिका परिक्रमा पश्चात आरम्भ भएको उद्घाटन सभामा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष ई बसन्त कुशवाहाले जनमत पार्टीको एजेण्डा र कार्य योजना बारे स्पष्ट पर्नुभएको थियो त्यस्तै विशेष अतिथि केन्द्रीय सदस्य एवं प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानूले स्थानीय तहमा व्याप्त भ्रष्टाचार उन्मुलन गर्नुपर्ने र बिकासको आडम्बर होईन जनसरोकार मुखी विकास हुनुपर्ने मा जोड दिनुभएको थियो कार्यक्रममा नेताहरु अशोक कुमार सिंह, रामेश्वर प्रसाद यादव, साह आलम, राजकुमार साह, लगायतका नेताहरुले संबोधन गर्नु भएको थियो कार्यक्रमको संचालन जिल्ला सचिव बिकास कुमार यादव ले गर्नु भएको थियो । उक्त गाँउपालिका अधिवेशन बाट राजिब यादवको अध्यक्षतामा उपाध्यक्ष राम प्रवेश यादव, सचिव पवन साह, सह-सचिव उमेश ठाकुर, कोषाध्यक्ष रामचन्द्र बैठा लगायत एकाइश सदस्यीय यमुना माई गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ।

चर्चामा

सम्बन्धित समाचार