• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको रानिवन स्पाेर्ट क्लव सुदुरपश्चिमबाट पहिलो पटक एन्फामा सहभागी हुदै

बाजुराको रानिवन स्पाेर्ट क्लव सुदुरपश्चिमबाट पहिलो पटक एन्फामा सहभागी हुदै

  • आइतवार, साउन २४, २०७८
बाजुराको रानिवन स्पाेर्ट क्लव सुदुरपश्चिमबाट पहिलो पटक एन्फामा सहभागी हुदै

बाजुरा — बाजुरा जिल्लाको रानिवन स्र्पाट क्लव सुदुर पश्चिमबाट पहिलो पटक एन्फामा सहभागि हुने अवसर पाएको छ । बाजुरा जिल्लामा बिक्रम सम्बत २०६४ मा रानिवन स्पोर्ट क्लवले सुदुर पश्चिमबाट पहिलो पटक एन्फोको सि क्वालीफानका लागि छनौटमा परेको हो ।
अखिल नेपाल फुटवल सघं एन्फा सहित स्मारक सि डिभिजन लिग फुटवल प्रतियोगिताका लागि रानिवन स्र्पोट युथ क्लव छनौटमा परेको रानिवन स्र्पोट क्लवका अध्यक्ष धुर्ब बहादुर रोकायाले बताएका छन । भदौ १० गते देखी सुरु हुने सि क्लाईफाइन फुटवल प्रतियोगितामा सहभागी पाउन बाजुरा र सुदुपश्चिमकै गौरवको कुरा रहेको क्लवका अध्यक्ष रोकायाले बताए ।
रानिवन स्र्पोट क्लवले बाजुराका खेलाडीहरुलाई पहिलो प्रथमिकताका साथ भदौ १० गते एन्फा कम्पलेक्स जाने तयारी गरेको जनाएको छ ।
रानिवल स्र्पोट क्लवले यस अघि जिल्ला भित्र र बाहिर धेरै खेलहरुमा सहभागी हुदै शिर्स स्थान हासील गर्दै आएको थियो । यो बेला एन्फामा सहभागी हुन पाएकोमा झन खुसी भएका छौ क्लवका सदस्य करन भण्डारीले बताएका छन ।
एन्फामा सहभागी हुन धेरै खर्च लाग्ने भएकोले क्लवको अर्थिक स्थिती अलि कमाजोर रहेको क्लवले जनाएको छ । क्लवले खेलाडीको हौसलाका लागि जिल्लाका ९ ओटै स्थानिय तहसंग पनि आर्थिक सहयोग गर्न अपिल गरेको छ । आर्थिक त्यसै गरी प्रदेश सरकारसंग पनि आर्थिक सहयोगका लागि पनि अपिल गरेको अध्यक्ष रोकायाले बताएका छन । सहयोग गर्न इच्छुक रहेका ब्यक्तीले रानिवन स्र्पोट क्लवले राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखामा रहेको खाता न ४०७०१००२००९०९००१ मा जम्मा गरि सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।
रानिवन स्र्पोट क्लवले जिल्ला भित्र र बाहिर गरी धेरै खेलाडी उत्पादन गरेको बाजुराको पहिलो क्लव पनि हो । रानिवले सुदुपश्चिमका बिभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागी भई अग्र स्थान ल्याउने क्लवको रुपमा चिनिएको क्लव हो ।

चर्चामा

सम्बन्धित समाचार