
बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ वाहुँनिमा उत्पादित प्याजको ढुवानी कार्य सुरु भएको छ । कृर्षि ज्ञान केन्द्र बाजुराले जिम्मा लिए संगै ढुवानी कार्य सुरु भएको हो ।
जिल्ला सदरमुकाम मार्तडी सम्म खच्चर मार्फत प्याज ढुवानी भएको कृर्षि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जोशीले बताएका छन । वाढि पहिरोका कारण क्षेदविक्षेद बनेको सडकको अवस्था सहज नहुदा खच्चडबाट पनि मुस्किलले ढुवानी गर्नु परेको सुचना अधिकारी जोशीले बताएका छन । बाहुनीमा याे बर्ष ४ सय भन्दा बढि कुइन्टल प्याज उत्पादन भएकाे र केही कुइएर खेर गइसकेकाे जनाएकाे छ । प्याज ढुवानीमा समस्या हुदा प्याज कुइएर गएकाे किशानहरूले बताएका छन ।

शनिबार ढुवानी भएको १२ क्विन्टल प्याज मार्तडी आईपुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतिले बताएका छन । कृर्षि ज्ञान केन्द्र बाजुराले केजीको ४५ रुपैयाँमा किसानसंग सम्झौता गरी ढुवानी प्रक्रिया सुरु गरेको र ३५ रूपैयामा ढुवानी खर्च भएको कार्यालय प्रमुख सिजापतीले बताएका छन ।
पहिलो चरणमा १२ कुइन्टल प्याज स्वामिकार्तिक खापर गाउँपालिकाबाट ढुवानी गरेको र बाकी दोस्रो चरणमा ढुवानी गर्ने तयारी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
बर्षायामको बाढि र पहिरोका कारण मार्तडी कोल्टी सडक र कणर्ाली करिडोर सडक अबरोध भए संगै किसानहरुले उत्पादन गरेका साम्रगी ढुवानीमा समस्या भएको छ । मार्तडी कोल्टी सडक धेरै ठाउँमा सामान्य पहिरो गएको भए पनि त्यहा काम गर्ने ठेकेदारले सामान्य बाटो बनाईदिएको भए सामान ढुवानीमा सहज हुने स्थनीयले बताएका छन ।

यस बर्ष पनि स्वामिकार्तिक खापर गाउँपालिका र बुढिनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ टिप्ने समय आएको छ । सडक नभएका कारण त्यँहाका किशानले उत्पादन गरेको स्याउ ढुवानी तथा बजारीकरण गर्न समेत समस्या हुने कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जोशीले बताएका छन । अबको एक हप्ता स्वामिकार्तिक खापर गाउँपालिका र बुढिनन्दा नगरपालिकाको पाण्डुसैनमा लगाएको स्याउ टिप्न सुरु गरिने ज्ञान केन्द्र बाजुराले जनाएको छ । त्यती सम्म सडक बनाउने जिम्मा पाएको कम्पनीले मार्तडी कोल्टी सडक बनाइदिने हो भने खच्चरमै भए पनी स्याउ ढुवानीमा सहज हुने ज्ञान केन्द्रका प्रमुख गोबिन्द सिजापतीको भनाई रहेको छ ।
कृर्षि ज्ञान केन्द्र बाजुराले ढुवानी गरेको प्याजको बजारीकरण भएकोमा बाहुनीबासीले खुसी ब्यक्त गरेका छन । घरमा भण्डारण गरी कुहिन थालेको प्याजले बजार पाउने भए पछि स्थानिय पनि खुशि भएका छन । खेतबाट निकालेको प्याजले करीव एक महिना सम्म बजार नपाएर पछि चिन्तीत देखिएका किसान प्याज ढुवानी हुन थाले पछि खुशि देखिएका छन ।


