शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • खल्या ल्वार फेरी थला परे , उपचार खर्च जुटाउन नसक्दा परीवारमा चिन्ता 

खल्या ल्वार फेरी थला परे , उपचार खर्च जुटाउन नसक्दा परीवारमा चिन्ता 

  • शनिबार, साउन २३, २०७८
खल्या ल्वार फेरी थला परे , उपचार खर्च जुटाउन नसक्दा परीवारमा चिन्ता 

सर्मिला रोकाया —  बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक पिपलडालीका खल्या ल्वार विगत चार महिना देखि उपचार अभाव हुदा   थला परेका छन । घरमा आर्थिक अवस्था कमजोर भएकै कारण ल्वारले उपचार नपाउदा चार महिना देखि थला परेका हुन ।

दैनिकी चलाउनै समेत मुस्किल भएको लवारको परीवारमा उपचारका लागि प्रायप्त पैसा नहुदा उपचार गर्न नकिएको श्रीमति सिता ल्वारले बताएकी छन । अरुको काम गरेर दैनिक जीवन निर्वाह गर्ने गरेका छाै, घरमा विहान खाउ भने वेलुका पुग्दैन, एक जोर कपडा फेर्न समेत मुस्किल छ, यो अवस्थामा कसरी श्रीमानको उपचार गर्नु उनले गुनासाे गरेकी छन ।

छोरा छोरी सामान्य विरामी पर्दा चिन्ता लाग्ने गरेको बताउदै उहाँले पैसा नहुदा श्रीमानको उपचार हुन नसकेकोको उनकी श्रीमती सिताले बताएकी छन । शरीर सुनिएर विरामी पर्नु भएका ल्वारको उपचार नहुदा दुई महिना देखि ओछ्यानमा थला परेका छन ।

पाँच जना रहेको लवार परिवारलाई विहान बेलुका छाक टार्न त समस्या छदै छ, त्यसै माथि अशक्त अवस्थाका श्रीमानको अवस्थामा झन दयनि रहेको उनका आफन्तहरूले बताएका छन्। घरमा छोरा, छोरी, श्रीमती र अपागं भाई लगायत आफु सहितको पाँच जना रहेको छिमेकी हिक्मत वडले बताएका छन । आय श्रोत केही छैन, छोराछोरी सानै छन, देवर अपागं, घरमा कमाई गर्ने कोहि नहुदा विहान बेलुका खान समस्या भएको अवस्थामा के गरी उपचार उनकी श्रीमतीले बताएकी छन ।

उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन  नसकिएको बताउदै उनले कोल्टीमा पनि उपचार गर्न समस्या भएको बताइन । वडा नं एक पिपलडालीमा बसोवास गर्दै आएको ल्वारको परिवारले दिनभरी काम गरेर साझँ विहान हात मुख जोड्न बन्दोवस्त गर्दै आएको आफन्तले बताएका छन । श्रीमान नरहे छोरा छोरीको पढाई लेखाई, हुर्काई बढाई गरीदिने र साहारा समेत नहुने बताउदै श्रीमानको उपचारका लागि सहयोग गरीदिन  आग्रह गरेकी छन ।

उनकाे केही एक बर्ष पहिले देखी बडीमालिका खवरकाे समन्वय तथा बिभिन्न सहयाेगीहरूकाे सहयाेगमा उनकाे उपचार र केही घर खर्च टारिदिएकाे थियाे । झाडापखाला बाट सिकिस्त भएका खलेलाई मंसिर २९ गते गाँउलले बोकेर नजिकै रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । केन्द्रमा औषधि किन्न पैसा नभएपछि आफन्तले बोकेर घर लगेका थिए । उनलाई तिन देखि लगातार झाडापखाला बाट रहेका खले फेरी थला परेका छन ।
खलेकी श्रीमति सिता सुनारले भनिन नाकको फुलि धरौटि राख्दा सम्म पनि कतै रिन नपाएको रुदै वताएकि छन् । खले साहुको हलो जोतेर परिवार पाल्ने गरेको थिए, अहिले उहाँनै बिरामी हुँदा न उपचार गर्न सक्यौ न परिवार पाल्न सकेको वताईन् । खलेको घर पनि मुक्त हलिया परियोजना अन्र्तगत नेपाल सरकारले घर निर्माण गरिदिएको थियो ।
खलेलाई जिवनजल किन्न पैसा समेत छैन्, अन्य उपचार त टाढाको बिषय रहेको स्थानिय हिक्मत वडले वताए । गरिब असाहयका लागि निशुल्क उपचार गर्ने भनेपनि यस्ता बिरामीका लागि भने सरकार बेखबर रहेको पाईएको छ । पैसा नपाएर धेरै हलिया समुदायले रोग पालिरहेका छन् । खलेकी श्रीमतिले उपचारमा सहयोगका लागि अपिल गरेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार