सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • मुक्तिकोट गाउँका बालवालिका, र सुनौला हजार दिनका आमा चरम कुपोषणको चपेटामा

मुक्तिकोट गाउँका बालवालिका, र सुनौला हजार दिनका आमा चरम कुपोषणको चपेटामा

  • शनिबार, साउन २३, २०७८
मुक्तिकोट गाउँका बालवालिका, र सुनौला हजार दिनका आमा चरम कुपोषणको चपेटामा

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँका अधिकांश बालवालिका कुपोषणको चपेटामा रहेका छन् । कोरोनाका कारणले गाउँमा चरम खाद्य संकट भएपछि गाउँभरी बालवालिका र सुनौला हजार दिनका आमा कुपोषणको चपेटमा परेका छन् ।
पोषण युक्त खानेकुरा खान नपाउदा बालवालिका र सुनौला हजार दिनका आमाहरु अहिले चरम कुपोषणको मार खेपिरहेको गाउँपालिका उपाअध्यक्ष मिमा बुढाले बताएकी छन् । मुक्तिकोट गाउँमा ४ सय दलित परिवारको मात्र बसोवास रहेको छ । प्राय अधिकांश घरमा कुपोषणको कहर रहेको बुढाले वताईन् ।
गाउँमा कुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ । त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् ।
मुक्तिकोट गाउँमा अहिले १ सय भन्दा बढि बालबालिका कुपोषण बाट निकै ग्रसित भएका छन । १ बर्ष यता मात्र कुुपोषणले ६ जना बच्चा ज्यान गइसकेको छ । स्थानिय संगिता बिकको गत बर्ष मंसिरका कुपोषणका कारणले छोराको मृत्यु भएको वताईन्, उनको अर्को बच्चा पनि कुुपोषणको चपेटामा रहेको छ । लुडि बिकको १ बर्ष पहिला १ बर्षयि बदेला बिकको मृत्युु भएको थियो । राम्रो सँग दुध आएन्न, खान लगाउन राम्रो सँग पाएन्, १ बर्ष सम्म त बचाए पछि मृत्यु भएको वताईन् । घुगुरी बिकको पनि ६ बच्चा जन्माईन्, २ वटा बच्चाको कुुपोषणले मृत्यु भएको वताईन् । यी त केही उदाहरण हुन्, धेरै बालवालिका कुपोषणको चपेटमा परेका छन् । सरकारले अहिले सम्म गाँउमा कुपोषित बालवालिकाको अबस्था कुनै अध्ययन तथा खोजेको पाइदैन् ।
मुक्तिकोट गाँउमा उपचार अभाबमा कुुपोषणले धेरै बालकालिका छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्युभएको भएपनि राज्यको ध्यान पुग्न सकेको छैन्, मुक्तिकोट बाँसि भन्छन्, हाम्रो भनेको राज्य सुन्दैन्, कसलाई भन्ने गुनासो पोख्छन् । कुपोषणको शिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अबस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको ब्यबस्थापन् गरेको पाईन्छ । मुक्तिकोट गाउँ नेपालको सबै भन्दा बढी गरिब भएको गाउँ रहेको गाउँपालिका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् ।
एकातिर कुपोषण अर्कोतिर मुक्तिकोट गाउँमा २२ बर्ष पुरा गरेकी प्राय दुईतिन सन्तान जन्माएको महिला भेटाउन मुश्किल हुन्छ । अधिकांश महिलाहरुले ७ सन्तान भन्दा माथि जन्म दिएको भेटिन्छन् । स्थानिय जनसरा बिक उमेर ३२ बर्ष भयो, तर उनले १२ पटक गर्भवती भईन् । ८ वटा बच्चा जन्माईन्, भने ४ वटा गर्भपतन गराएको वताईन् । ५ छोरी ३ छोरी रहेका छन्, बालबच्चा धेरै भए परिवार पाल्न निकै सकस भएको वताईन् ।
स्थानिय बल बहादुर बिक भन्छन्, यहाँ महिलाहरुलाई परिवार नियोजनको साधन सम्बन्धि कुुनै जानकारी नभएको वताँउछन् । भौगोलिक बिकटताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सन्देश दिने कोही नजाने गरेको पाईएको छ । धेरै बच्चा पाँउने सँग महिलाहरुका स्वास्थ्य पनि निकै रहेका पाईएका छन् । पाठेघर खस्ने लगायतका समस्या भएपनि रोग लुगाइरहेको पाईएको छ, भने उपचार गर्ने आर्थिक अभाब नहुुदा रोग पालिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार