• होमपेज
  • समाचार
  • कीर्तिपुरमा दम्पतीलाई मरणासन्न हुनेगरी कुट्ने छिमेकी पक्राउ

कीर्तिपुरमा दम्पतीलाई मरणासन्न हुनेगरी कुट्ने छिमेकी पक्राउ

  • शनिबार, साउन २३, २०७८
कीर्तिपुरमा दम्पतीलाई मरणासन्न हुनेगरी कुट्ने छिमेकी पक्राउ

काठमाडौं —  कीर्तिपुर नगरपालिका–५ स्थित भत्केको पाटीमा स्थानीय राधेश्याम विष्टले छिमेकीलाई मरणासन्न हुनेगरी कुटेका छन् ।

भुकम्पले चर्केको पर्खाल बनाउँदा ‘आफुलाई नसोधेको र हो–हल्ला गरेको’ निहुँमा ७० वर्षीय नेत्रप्रसाद खनाल र सरस्वती खनाललाई विष्टले कुटपिट गरेका हुन् ।

विष्टले गमलाले हिर्काउँदा नेत्रप्रसादको फिस्टुला फुटेको र मिर्गौला डायलासिस गर्न समस्या भएको छोरी सम्झना खनालले रातोपाटीलाई बताइन् । सम्झनाका अनुसार सरस्वतीको टाउकोमा गम्भीर चोट लागेको छ ।

कुटपिटमा संलग्न राधेश्याम विष्टलाई शुक्रवार पक्राउ गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले  बताए ।

पोखरेलले भने–‘पिडीतको जाहेरीका आधारमा अभद्र ब्यवहार मुद्दामा अनुसन्धान गरिरहेका छौं ।’

बिहीबार राति अबेरसम्म पर्खाल बनाउँदा ‘हल्ला भएको’ भन्दै विष्ट शुक्रवार विहान दम्पतीबिरुद्ध आक्रमणमा उत्रिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार