• होमपेज
  • समाचार
  • साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

  • शनिबार, साउन २३, २०७८
साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको दुई वर्षपछि हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।

२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जनालाई सोधपुछ गरेको गरेको थियो ।

मृतक बालकका आफन्तले शङ्काको घेरामा परेका राख्दै अहिले पक्राउ परेको नाबालकको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले पक्राउ परेका बालकको ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार