• होमपेज
  • समाचार
  • २० वर्षको भाले मरेपछि दाहसंस्कार

२० वर्षको भाले मरेपछि दाहसंस्कार

  • शुक्रबार, साउन २२, २०७८
२० वर्षको भाले मरेपछि दाहसंस्कार

दाङ — लामो समय पालिएको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले दाहसंस्कार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवानिवासी शिव सुवेदीले उक्त भालेलाई १९ वर्ष १० महिना पालेका थिए । तर भाले साउन १६ गते मरेको थियो ।

भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए । सुवेदीले भाले मरेपछि गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको जनाएको छ ।

हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गरिएको उनको भनाई छ । उनले भाले मरेपछि टाउकोको कपाल खौरिएका छन् । भाले २० वर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार