जंग रावल — बाजुरा जिल्ला अस्पतालमा हाल कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि अक्सिजन पलान्ट र पिसीआर मेसिन तत्काल संचालन गर्न डिसीसीएमसीले निर्देशन गरेको छ ।
देशका बिभिन्न भागमा संक्रमण पुन. बढ्दै गएकाले यस जिल्लामा पनि कोभिड १९संक्रमण बढ्न गएकोले बाजुरा जिल्लामा कोभिड १९ बढ्न नदिन अक्सिजन पलान्ट निमाणर् कार्य श्रावण मसान्तसम्म सम्पन्न हुने गरि काम सम्पन्न गर्न डिसिसिएमसीको बैठकबाटै निर्देशन गरेको हो ।
स्थानिय तहको लागत सहभागितामा जिल्ला अस्पतालमा भईरहेको पिसीआर र ल्याव स्थापना कार्यलाई अविलम्ब सम्पन्न गर्ने जिल्लामा आधारीत अस्पतालहरुमा आवश्यक कार्यहरु अगाडी बढाई अन्य पालिकामा पनि कोभिड १९ नियन्त्रणका निर्देशनहरुमा निरन्तरता दिने जिल्ला अस्पताल बाजुराका प्रमुख गोपाल कुमार अधिकारीले बताएका छन ।
डिसीसीएमसीको निर्देशन अनुसार स्थानिय तह र जिल्ला अस्पतालमा रहेका खाली अक्सिजन सिलिन्डरहरु स्थापनिय तह र अस्पतालले रिफिल गरेर राख्ने तथा आवश्यकता अनुसार थप सिलिन्डर खरिद र सो निकाय को संस्थामा भएका सिलिन्डर खरिद समेत पर्यास भए नभएका सम्बन्धमा स्वास्थ्य कार्यालयले सम्बन्धित निकायलाई सुझाब दिने र सोको प्रगति विवरण डिसीसीएमसीमा बुझाउनुपर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
जिल्लामा कोभिड १९ परिक्षण लागि स्थानियतहलाई एनटिजेन किट उपलब्ध गराई स्वास्थ्य कार्यालयले सहयोग गरि जिल्ला बाहिर बाट आएका व्यक्तिहरुको अनुगमन गरि कोभिड १९ संक्रमणसंग मिल्दा जुल्दा लक्षण भएका व्यक्ति पाइएमा स्वास्थ्य जाँच गराउने निणर्य गरिएको जनाएको छ । जिल्लामा कोभिड१९ संक्रमण न्युन रहेको समयको सदुपयोग गर्दै केहि बिद्यालयले भौतिक उपस्थितमा पठन पाठन गरिरहेका जानकारी प्राप्त भएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएका अनुगमन गर्ने कार्यको समन्वय शिक्षा विकाश तथा समन्वय इकाइ प्रमुखले आवश्यक निर्देशन गरि सोको प्रतिवेदन डिसीसीएमसीको आगामी बैठगमा हुने गरि निणर्य गरेको जनाएको छ ।
जिल्ला अस्पताल लगाएत प्रत्येक स्थानिय तहहरुमा आईसोलेसन केन्द्रहरुमा सरसफाई एवम कोभिड १९ सुरक्षा आवश्यक साधन स्रोत व्यवस्थापन गर्ने तयारी गरि स्वास्थ्य सामाग्री उपलब्ध भए नभएको कार्य अनुगमनको समन्वय स्वास्थ्य कार्यालयले मिलाउने डिसिसिएमसीले निणर्य गरेको छ ।
बिहिबार बसेको डिसिसिएमसीको बैठकले कोरोना बढ्न सक्ने आकलनलाई मध्यनजर गरी सो को ब्यबस्थापनमा सबैले लाग्नुपर्ने जनाएको छ ।
https://badimalikakhabar.com/wp-content/uploads/2021/08/%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%AF.pdf