बाजुरा — जिल्ला अस्पताल बाजुरामा निमोनियाका बिरामीले भरीभराउ भएको छ । एक साता यता एक दिनमा १५ देखी ३० जना सम्म बालबालिकाहरु निमोनियाका बिरामी आउने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताएका छन ।
निमोनिया जस्तो लक्षण देखा परेको बच्चाहरुको अक्सिजनको साहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर जोशीले बताएका छन । हाल जिल्ला अस्पताल बाजुरामा १३ जना बालबालिकाहरुको उपचार भइरहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । सबै बालबालिकाहरुमा निमोनिया भएको र त्यस मध्ये एक जना बच्चामा कोरोना देखा परेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताएका छन ।
२५ देखी ३० जना बच्चाहरुमा स्वास प्रस्वासको समस्या आएकोले अक्सीजन दिनुपरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीको भनाई रहेको छ । केही दिन अगाडी कोरोना होकी भन्ने संकामा जिल्ला अस्पतालमा भर्ना भएको १३ जना बालबालिका स्वाव संकलन गरी डोटी प्रयोगशालामा पठाउदा एक जना बच्चामा कोरोना पोजेटिभ देखीएको भए पनी अन्य बच्चाहरुमा भने कोरोना रिर्पोट निगेटीभ देखीएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
कतिपय बच्चाहरु सामान्य रहेको भए पनी धेरै बच्चाहरु भने जटिल अबस्थामा रहेकोले अक्सिजनको साहारा दिनुपरेको अस्पताल बाजुराले जनाएको छ । जिल्ला अन्य स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमोनियाका बिरामीहरु उपचारमा आउने गरेका छन् । कडा खाले निमोनिया भएका बालवालिकाको जिल्ला अस्पताल बाजुरामा अक्सिजनको साहारामा उपचार भइरहेको छ ।