• होमपेज
  • समाज
  • बाजुराका लालबहादुरको १० वर्षअघि बाङ्गो जोडिएको हात निसर्ग अस्पतालले सोझो बनाइदिएपछि…….

बाजुराका लालबहादुरको १० वर्षअघि बाङ्गो जोडिएको हात निसर्ग अस्पतालले सोझो बनाइदिएपछि…….

  • बिहिबार, साउन २१, २०७८
बाजुराका लालबहादुरको १० वर्षअघि बाङ्गो जोडिएको हात निसर्ग अस्पतालले सोझो बनाइदिएपछि…….

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका २ छताराका २१ वर्षीय लालबहादुर बुढाको हात १० वर्ष पहिले लडेर भाँचिएको थियो । उनको भाँचिएको हात तत्कालीन अवस्थामा घरेलु उपचार गरेर जोड्न त जोडियो तर बाँगो जोडियो ।
१० वर्ष अघि भाँचिएर बाङ्गो जोडिएको लाल बहादुरको हात निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा अप्रेशन गरेर सिधा पारिएको छ । १० बर्ष बाङ्गो जोडिएको हात अहिले सोझो हुदा उनमा खुशीको सिमा समेत रहेन् । लाल बहादुरले ११ वर्षको उमेरमा भाँचिएर बाँगो जोडिएको हात सिधा बनाउन मिल्छ कि भनेर धेरै ठाउँमा बुझेका थिए । उनका एक जना साथीले नेपालगञ्जमा उक्त उपचार सम्भव भएको तर धनगढीको निसर्गमा प्रारम्भिक चेकजाँच गरेर जाँदा राम्रो हुने भन्दै उनलाई सुझाव दिएका थिए ।
लाल बहादुर नेपालगञ्ज जानु भन्दा पहिला धनगढीमा रहेको निसर्ग अस्पताल पुुगे । उनि धनगढीमा पुुगेर निसर्गमा सोधपुछ पुुगेको वताए । उनले भने, ‘उपचार पनि निसर्गमै हुने जानकारी पाएपछि म निकै खुशी भएँ ।’ बालकालमै कुहिनामा चोट लागेका कारण बाङ्गो भएको हात यति सजिलै सोझो होला भन्ने आफूले नसोचेको अप्रेसनपछि खुशी हुँदै लालबहादुरले भने ।
२१ वर्षीय युवक बाँगो हात लिएर अस्पतालमा बुझ्न आएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए । ‘बचपनमा चोट लागेको रहेछ । गाउँघरमै उचित उपचार नपाउँदा भाँचिएको हड्डी टेढो जोडिएको थियो’, अध्यक्ष पन्तले भने, ‘हामीले हाम्रो चिकित्सकको टिमसँग कुरा गर्‍यौँ, सफल अप्रेसन सम्पन्न भयो ।’
बाङ्गो भइसकेको हात, खुट्टाहरु बाङ्गो नै रहन्छन् भन्ने बुझाइ गाउँघरमा अझै पनि व्याप्त छ । यो अप्रेसनले भने उक्त बुझाइमा बदलाव ल्याउने विश्वास अस्पतालको छ । ‘हामीले बाँगो हातलाई सिधा बनाउन सकिन्छ भन्दा युवक निकै खुशी हुनुभयो र साँच्चिकै सिधा होला र भन्ने प्रश्न गर्नुभयो,’ अप्रेसनमा संलग्न डा श्रीराम खातीले भने, ‘उहाँलाई अब हात सिधा हुनु असम्भव जस्तै लागेको रहेछ । हामीले अप्रेसन अघि र पछिको फोटो देखाउँदा उहाँ निकै दंग पर्नुभयो ।’
ठूला अस्पताल र मेडिकल कलेजहरुमा समेत बिरलै अप्रेसन हुने यस्तो उपचार सुदूरपश्चिमै सफलतापूर्वक सम्पन्न भएपछि युवासँगै अस्पताल परिवार पनि सन्तुष्ट बनेको छ । शल्यक्रिया हाडजोर्नी विशेषज्ञद्वय डा श्रीराम खाती, डा ओमकार बिष्ट र एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझालगायतको टिमले गरेको हो । सामान्य अप्रेशनका लागि नेपालगञ्ज जानुपर्ने शुदुरपश्चिमेली बासीका लागि अहिले धनगढीमै सेवा पाउन थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार