• होमपेज
  • समाज
  • नेपाली कांग्रेस बाजुराले निकाल्याे विज्ञप्ति

नेपाली कांग्रेस बाजुराले निकाल्याे विज्ञप्ति

  • बिहिबार, साउन २१, २०७८
नेपाली कांग्रेस बाजुराले निकाल्याे विज्ञप्ति

बाजुरा — नेपाली काग्रेश बाजुराको क्रियाशिल सदस्यता बिबाद भएको भन्ने कुरा गलत भएको नेपाली काग्रेस बाजुराले जनाएको छ । नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डित र सचिव रनसिंह बहादुर अएडीको सयूक्त हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । जिल्ला कार्यसमितिको हस्ताक्षेरीत बिज्ञप्तीमा फोरम लगायत अन्य पाटी छोडेर नेपाली काग्रेसमा प्रबेश गरेका ४ सय ५१ जनाको सम्बन्धीत वडा कार्य समिति गाउँ तथा नगर समिति प्रदेश सभा, निर्बाचन क्षेत्र कार्य समितिको सिफारिस र नाम लिष्ट समेत राखेर जिल्ला कार्यसमितिले २०७७ साल माघ १५ गते केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।
सो बिज्ञप्तीमा बाजुरामा क्रियासिल सदस्यातामा बिबाद रहेको भन्ने कुरा गलत रहेको सयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली काग्रेस बाजुराका बदनाम हुने गरि बिबादमा ल्याउन दुधकोशी गाउँपालिकाको छाप हानेर नक्कली क्रियासिल सदस्याताको लिष्ट सार्बजनिक गर्ने जो सुकैलाई बहिस्कार गर्न समेत अपिल गरेको छ ।

Open photo

चर्चामा

सम्बन्धित समाचार