• होमपेज
  • समाचार
  • जंगली बदेलका लागि छोडेको करेन्ट लागेर दाजुभाईको मृत्यु

जंगली बदेलका लागि छोडेको करेन्ट लागेर दाजुभाईको मृत्यु

  • बिहिबार, साउन २१, २०७८
जंगली बदेलका लागि छोडेको करेन्ट लागेर दाजुभाईको मृत्यु

 बैतडी — बैतडीको सुर्नया गाउँपालिका– ५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई जना दाजुभाईको मृत्यु भएको छ । बुधबार राती साढे १० बजे तिर मकैबारीमा गएका बेला करेन्ट लागेर सुर्नया गाउँपालिका– ५ का अजब चन्दका छोरा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले बताउनुभयो ।

जंगली बदेलले मकैबारी नष्ट गर्न थालेपछि मैकैबारीमा छोडिएको तारबाट उनिहरुलाई करेन्ट लागेको ओझाले बताउनुभयो । घटनास्थलमा रातीनै प्रहरी टोलि पुगेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार