• होमपेज
  • समाचार
  • बिचलित बिचार लाई पनि मैले बिचरा भनिन!

बिचलित बिचार लाई पनि मैले बिचरा भनिन!

  • बुधबार, साउन २०, २०७८
बिचलित बिचार लाई पनि मैले बिचरा भनिन!

सुरेशकुमार पान्डे —  मित्र प्रत्येक मानिशका आ-आफ्ना बिचार हुन्छन त्यो यदि कसैलाई कुनैप्रकारको किटान गरेर कुनै झुट्ठा आरोप प्रतिआरोप लगाईन्छ भने त्यसमा आपत्ति हुन्छ हुनुपर्छ कसैलाई पनि।तर आफ्नो बिचार ब्याक्त गर्दैमा निम्न प्रकारको शब्दहरु प्रयोग गरेर उपहाश गर्नु साहिद बुद्धिजीवीहरु लाई स्वाउँदैन।सबैले आ-आफ्नो बिवेकलाई प्रयोग गर्नु र मैत्रिपुर्ण छलफल गर्नुपर्दछ भनेर हामिले त्यहि सिकियौं।
साथिहरुले मेरो एउटा लेखमा धेरै टिप्णि गर्नु भयकोछ।कसैले बिचरा भनेर,कसैले दलाल नोकर साहा सम्म भन्नु भयकोछ।उँहाहरुले साहिद लेखको शिर्सक मात्र पढेर आक्रोश पोख्नु भयो।उँहाहरु सबैलाई धेरैधेरै धन्यावादछ।मेरो ब्याक्तिगत ईतिहाशमा गालिगलौजको अंश पनि भेट्टिदैन मलाई कसैले गालिनै गरेकोमा पनि मैले धन्यावादनै भनेकोछुँ साहिद।तैपनि खगालन हुँन साथिहरुलाई अनुरोधछ।उँहाहरु धेरै बुद्धिजीवी हुनुहुन्छ होला धेरै राम्रो पढेलेखेको बौदिक ब्याक्तित्व हुनुहुन्छ होला।त्यो सबैकुरा आ-आफ्नो ठाउँमैछ।त्यसैले सबैभन्दा पहिली लेखलाई फेरी अर्को पल्ट समय मिलाएर पढ्नु भयो भने मेरो लेखको मर्म आसायलाई बुझ्नुहुन्छ होला।
मैले कसैलाई पनि पोलेको छैन कुनैसाथिको नाम लिएर अपमानित गालिगलौचका शब्दहरु प्रयोग गरेकोछैन।वास्तबिक रुपमा समग्रमा साथिहरुलाई एउटा शंदेश दिएकोछुँ त्यो हो सँगठन बाट छाडेर गएपछि संगठानलाई गालिगर्ने लाच्छान लगाउँने वा छाडेर गयो भन्दैमा कसैले उस्लाई झुठ्टा आरोप लगाउँने जस्ता दुबैखाले ब्यबहार गलतहो भनेर भनिएकोछ।आर्को आफु बसेको घरलाई फोर्न खोज्ने ब्यबहार अराजकनैहो त्यसो गर्नु संगठनको नियम बिपरित हो भनेको छुँ।हामि संगठनभित्र बसेर सगठनलाई गालिगरेको स्वाउँछ कि संगठनको छत र छाँयामा बसेर संगठनको जराकाट्ने ब्यबहार सहि हुन्छ?तपाईहरुले आफै भन्नुस।
हिंजो जो हाम्रो संगठनबाट फुटेर गए त्यो बेला आज आपत्ति गर्नुहुँने साथिका त्यो बेला गएका साथिहरुको बारेमा ब्याक्त गरेका आफ्ना लेख रचनाहरुलाई आफै लेखेका प्रतिकृयाहरुलाई फर्केर अध्यायन गर्नुभयो भने हजूरले आफैलाई गालिगरेको जस्तै लाग्नेछ।
कतिपय साथिले दलाल नोकरशाहि भन्नुभयो,कतिपयले बिचरा भनेर खिसि गर्नुभयो तर उँहाहरुको त्यो बनाईलाई स्वागतछ।कसैको भित्र के लुकेकोछ त्यो देखिदैन बिचारबाट प्रष्ट हुनछ नभय ब्यबहारबाट पनि बेलाबखतमा पुष्टिहोला। त्यसबारे मैले भन्नुपर्दैन।
हामि सबै बिचारले बाँधिएका कार्यक्रताहौं हामिलाई चित्त नबुझेका कयौं बिचार होलान तर पार्टीले लिएको निर्णयलाई तानासाहि वा लाधेको भनेर भन्दा के कम्युनिष्ट शिधान्त सँग मेल खान्छ?बहुमतले अल्पमतको कदर गर्नुपर्छ हामिपनि भन्छौं।तर बहुमतको निर्णयलाई कार्यनव्यन गरेपछि मात्र।तर बहुमत र अल्पमत कैहिले सम्म रहनुपर्छ लेनिनवादी शिधान्तमा त्यो साथिहरुलाई थाहा हुनुपर्दैनर?आखिर महाधिबेशन भन्दा पहिले र महाधिबेशन भन्दा पछि कैले सम्म अल्पमत र बहुमत रहने?हामिहरु सामाजिक संगठनका कार्याक्रतालाई भन्दा कार्वाहिमा परेर लड्दै आउँनुभयका नेताजीलाई बढि थाहाहोला त्यसबारे मैले कहि भन्नुपैर्दैन।
मैले बुझेको कुरा लेख्न त मिल्छ होला?मिल्छभने बहुमत र अल्पमत टुङ्गो लगाउँने ठाउँ महाधिबेश भन्दा उपयुक्त कहिं छैन।एउटा पार्टीको सदस्यले जनवादी बिचार कुनठाउँ सम्म राख्न मिल्छ?त्यो उँहाहरु आफैले भन्नुपर्छ।दलाल नोकरशाह भनेर कस्लाई भन्निन्छ?एउटा संगठनको ईमानदार कार्याक्रता दलाल नोकरसाह हुन्छ कि संगठनकर्ता हुन्छ?यावत बिषयमा यँहाहरुलाई जानकारी हौवन भन्न सकिदैन।कसैले लेखलाई सेर गय्रो भन्दैमा उसैको काँधमा बन्दुर राखेर लखकलाई निशाना नबनाउँ।पहिले राम्रैगरी लेखलाई पढौं अनि लेखकलाई पनि हेरौँ त्यसपछि बल्ल कमेट मा केहा लखौं त्यसपछि साथिले गालिनै गरेपनि स्विकार होला।गालिको जवाफ गालि होईन बरु सहनसिलताहो भन्ने मैले बुझेको छुँ।
मित्र तहदिल बाट संगठनका दुबै पाटा र शैधान्तिक राय मात्र लेखिएको लाई लेखको मर्म नबुझेर बिभिन्न आरोप लगाउँनु भयो उपहाश गर्नुभयो तर पनि हामि एउटै परिवारका मित्रशक्तिहौं हाम्रो बाटो भोलिका दिनहरुमा पनि खासैफरक नहोला।हाम्रो बिचमा यसरि मतभेद लाई जन्माएर एकले आर्कालाई बिनाबात नग्याउँने गालिगलौच गर्ने पद्धतिलाई ठिक भन्न सकिदैन।पत्रीकाको बारेमा भनिराख्नु नपर्ला त्यो लेखमा भनिएकैछ हामिले कयौं पटक आफ्ना पत्रिकाहरु गुमाएकाछौं कहिले कस्ले कहिले कस्ले पत्रिकालाई कब्जा गर्नु गलतनै हो पार्टीको सम्पत्ति पार्टीले चलाउन पनि पायो बन्दगर्न पनि पायो त्यो पार्टीको आफ्नो अधिकारलाई कुण्ठित गर्ने एकजना ब्याक्तिलाई सहि भन्न सकिन्छ कि सकिदैन?हामि जुन सुकै पार्टी संगठनमा बसेपनि भोलि हाम्रो पनि त कुनै नीति हुनुपर्ला बनाउँनुपर्ला ब्याक्तिलाई चित्त नबुझ्दा बित्तिले पार्टीको सम्पत्ति टप्प टिपेर जानेकाम लाई कुनैपनि हालतमा सहि भन्न सकिदैन। तपाँईले आर्को आफ्नो नीजि पत्रिका दर्ता गरेर चलाउँन कस्ले रोकेकोछ।एकातिर तपाईहरु भन्नुहुन्छ हामि मसालमैछम आर्को तिर मसाललाई दिनौरात गालि गर्नुहुन्छ।आखिर मसाल वा मूलप्रवाहमा बसिरहेका पनि त प्राण भएका कार्याक्रता नेताहोलान?यसरि पटक पटक उपहाश गरेर लडाईको मैदानमा तान्ने प्रयात्न नगर्नुहुँन म बिन्रम अनुरोध गर्दैछुँ।
कतिपय साथिले त भारत स्थित मूलप्रवाहको समानतर संगठन गठन गर्दै हिंड्नु भएकोछ पनिछ यिसबै कुराहरु लुकाएर लुक्ने कुरा त होईन। हामिले भारतमा अहिले पनि उँहाहरुले झैं कसैलाई कुनैपनि गालिगलौच र झुठा आरोपहरु लगाएकाछैनौं।मात्रै उँहाहरुले लगाएको आरोपको बारेमा जनता हाम्रा शुभ चिन्तकहरुलाई सफाई दिने र सजग गर्ने काम मात्रै प्रयात्न हुँदैआएकोछ।आफ्नो संगठनलाई त जोगाउँन पर्छकि पर्दैन?साथि हामि हिंजो पनि सबै एकैठाउँमा थियौं भोलिका दिनहरुमा पनि एकैठाउँमा बसिरहौंला भन्ने आसाले मैत्रिपूर्ण छलफल गर्दा नरिसाएर संगठनको बारेमा गम्भिर भएर सोंचन आग्रामात्र गरिएकोछ भनेर बुझ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार