• होमपेज
  • समाचार
  • मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ

  • बुधबार, साउन २०, २०७८
मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ

कास्की — मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार