• होमपेज
  • समाचार
  • उर्लिदैँ आएको बाउली खोलाले,सदरमुकाम चैन्पुर जोड्ने सुर्मा सडक खण्ड अवरुद्ध

उर्लिदैँ आएको बाउली खोलाले,सदरमुकाम चैन्पुर जोड्ने सुर्मा सडक खण्ड अवरुद्ध

  • बुधबार, साउन २०, २०७८
उर्लिदैँ आएको बाउली खोलाले,सदरमुकाम चैन्पुर जोड्ने सुर्मा सडक खण्ड अवरुद्ध

अर्थ जङ्ग शाही/बझाङ्ग —  गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गर्नुभयो । सोही पहिरोका कारण सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

चर्चामा

सम्बन्धित समाचार