• होमपेज
  • समाचार
  • क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

  • बुधबार, साउन २०, २०७८
क्लिनिकबाट किनेको औषधि खाएलगत्तै दिल्लीमा नेपाली दिदी-भाइको मृत्युु

धनगढी — भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ ।

दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।

बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए । क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी-भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।

उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको खड्काले बताए । अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् ।

अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृतक दुुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार