• होमपेज
  • समाचार
  • शान्ति तथा मैत्रि सन्धिको आधार मा आयौँ,

शान्ति तथा मैत्रि सन्धिको आधार मा आयौँ,

  • बुधबार, साउन २०, २०७८
शान्ति तथा मैत्रि सन्धिको आधार मा आयौँ,

शान्ति तथा मैत्रि सन्धिको आधार मा आयौँ,
पहिले त हामी छिमेककै हार गुहारमा आयौँ।

गोर्खाभर्ति केन्द्र खल्यो सुगौलीको सेरो फेरो,
बलिकै बोका बन्न छिमेकको दुलारमा आयौँ।

रहर कस्लाई थियो आफ्नो गाउँ र घर छाड्ने,
दियो नोकरीको झाँसा र त रोजगारमा आयौँ।

वीर पौरखिकै शन्तान भएर त होला हामीहरु,
आफ्नो जोस र जांगर लिएर बजारमा आयौं।

शामन्ति सरकारलाई त रेमिटेन्सिनै भए पुग्छ,
लाहुर असमान मित्रताकै त्यो करारमा आयौँ।

भोका नाङ्गा गरिब जनता रोजगार खोजि गर्न,
पसिना पौरख लिएर बिदेशी ब्यपारमा आयौँ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार