• होमपेज
  • समाचार
  • निमुखा जनताले मेयर धर्मेन्द्र पटेलको कार्वाही माग गरे

निमुखा जनताले मेयर धर्मेन्द्र पटेलको कार्वाही माग गरे

  • बुधबार, साउन २०, २०७८
निमुखा जनताले मेयर धर्मेन्द्र पटेलको कार्वाही माग गरे

मेवालाल यादव/साउन १९ गते, रौतहट — देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले प्रदेश सरकार तथा विभिन्न निकायबाट प्राप्त लाखौको राहत सामग्रि कुहाएर नष्ट गरेको स्थानीयहरुले आरोप लगाएको छ।
गरिव जनता राहत नपाएर भोकै छटपटाए पनि कसैलाई वितरण नगरी स्टोरमा थन्काएर चामल, दाल लगाएतका खाद्यान सामग्रि कुहाएको भन्दै स्थानीयहरु मेयर पटेलको राजिनामाको माग गरेका छन ।
देवाही गोनाही नगरपालिकाको टोल टोलमा मेयर पटेल राजिनामा दे, गरिव जनताको राहत कुहाउन पाइदैन, राहत कुहाउने मेयरलाई कार्यवाही गर जस्ता नरावाजी गरिएको छ ।
कोरोनाबाट आक्रान्त बनेको समय गरिव, असहाय तथा निमुखा जनताका लागि विभिन्न निकायले उपलब्ध गराएको लाखौ मुल्य बराबरको खाद्यान सामग्रि कसैलाई वितरण नै नगरी स्टोरमा राखेर कुहाएको स्थानीयहरुले नगर प्रमुख पटेल माथि आरोप लगाएको छ ।
कोराना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञाबाट प्रभावित भएका अति गरिव परिवारलाई वितरण गर्नका लागि प्रदेश सरकार लगाएत विभिन्न दातृ निकायहरुले नगरपालिकालाई तिन हजार भन्दा बढी बेरा चामल, दाल, खाने तेल लगाएतका खाद्यान सामग्रि सहयोग गरेको थियो ।
मेयर पटेलले सो सामग्रि आफ्नो पार्टीको कार्यकार्ताको केही सामग्रि मात्र वितरण गरेको र बाँकी सामग्रि वोटमा वितरण गर्नका लागि मात्र स्टक गरेर राखेका थिए स्थानीयले बताए ।
मधेश संग्रहालयमा स्टक गरेर राखिएको उक्त खाद्यान सामग्रि वर्षाको पानीले भिजेर कुहिएको थियो ।
मेयर पटेलले कुहिएको उक्त खाद्यान सामग्रिहरु संग्रहालयकै छेउमा जेसीबीले खाल्टो खनेर जमिन मुनी गाडेको थियो ।
निषेधाज्ञाका बेला खाना नपाएर कयौं गरिव तथा निमुखा जनताहरु भोकै बसेपनि कसैलाई राहत वितरण नगरी स्टकमा राहत सामग्रि कुहाएर नष्ट पारेको छ।
मेयर धर्मेन्द्र पटेलको गैर जिम्मेवारीपन तथा चरम लापरवाहीका कारण राहत सामग्रि कुहिएको भन्दै स्थानीयहरु कारवाहीको माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार