• होमपेज
  • समाज
  • बडिमालिका मिडिया हाउस द्धारा मुक्तिकोटका २ सय १६ परिवारलाई खाद्यन्न सहयाेग

बडिमालिका मिडिया हाउस द्धारा मुक्तिकोटका २ सय १६ परिवारलाई खाद्यन्न सहयाेग

  • मङ्लबार, साउन १९, २०७८
बडिमालिका मिडिया हाउस द्धारा मुक्तिकोटका २ सय १६ परिवारलाई खाद्यन्न सहयाेग

लक्ष्मिराज पाध्याय

बाजुरा–बडिमालिका मिडिया हाउस द्धारा स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोट गाउँका २ सय १६ परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । मुक्तिकोट गाउँमा चरम खाद्य संकटको मारमा परेको समचार बडिमालिका खबर लगायतका सञ्चार माध्यममा प्रकाशित तथा प्रशारण पछि सहयोग गरेको हो । यो गाउँ नेपालको सबैभन्दा बढि गरिब भएको गाउँ हो ।
राहत बितरण बडिमालिका खबरको आयोजना र गाउँपालिकाको सहकार्यमा बितरण गरिएको हो । राहत बितरणमा Stories Of Neapl र Nepal Rising ले सहयोग गरेको सामाजिक अभियान्ता सम्राट सिं बस्नेतले वताएका छन् । मुक्तिकोट गाउँमा ४ सय परिवार चरम खाद्य संकटमा परेको समचार प्रकाशित भएको थियो ।

No description available.
१ महिना पहिला सबै भन्दा बढि खाद्य संकटको मार खेपिरहेका ६२ परिवारलाई खाद्यन्न सहयोग गरिएको थियो । दोस्रो चरणमा अहिले २ सय १६ परिवारलाइ खाद्यन्न सहयोग गरेको गाउँपालिका उपाअध्यक्ष मिमा बुढाले बताएकि छन् । प्रत्येक परिवारलाइ चामल, दाल, नुन, साबुन, तेल, सोडा सहयोग गरेको बुढाले वताईन् ।
खाद्य संकटको मार खेपिरहेका बेला राहत पाउँदा निकै खुशि गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत पारस बहादुर शाहिले वताएका छन् । गाउँपालिकाको तर्फ बाट सहयोग गर्ने संस्थालाई शाहीले धन्यवाद समेत दिएका छन् ।

No description available.
मुक्तिकोट गाउँमा खडेरीका कारणले कृषि उत्पादन नभएपछि र कोरोनाको कहरले मुुक्तिकोट गाँउमा चरम खाद्य संकट भएको गाउँपालिका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । गाउँमा लगाएको अन्नवाली बाट बर्षमा दुुइ महिना पनि खान नपुुग्ने गरेको छ । यो राहतले पनि ठुलो सहयोग भएको शाहिले वताएका छन् ।
गाँउमा रहेका ४ सय दलित परिवारमा दैनिक छाक टार्न निकै धौ धौ भएको स्थानियले वताएका छन् । लकडाउनमा दैनिक ज्याला मजदुरी समेत नपाउँदा झन समस्यामा परेका हुन् । न गाँउमा रोजगारि छ, न उत्पादन नै दैनिक छाक टार्न निकै समस्या परेका हुन् । खडेरीका कारणले लगाएको गहुँ, जौ लगायत अन्नवाली सुकेको थियो स्थानिय राम बहादुर बिकले वताएका छन् ।

No description available.
मुक्तीकोट गाँउ हाल चरम गरिवी र अभावमा तडपिरहको छ । मुक्तिकोट गाँउ सुुख्खा डाँडोमा बस्ति रहेको छ, जग्गा जमिन थोर थोरै भएपनि खडेरीले १ महिना खानलाई उब्जनी समेत नहुुने गरेको स्थनिय औजनी बिकले वताए । अधिकांश परिवार १२ महिना बजारको चामलमा निर्भर रहने गरेका छन । साहुुको महँगो ब्याजदरमा रिन काढेर चामल किनेर खाने गरेको उनले वताईन् ।

No description available.
स्वामिकार्तिक गाउँपालिका सुचना अधिकारी कुुबेर शाहिका अनुसार मुुक्तिकोट गाँउका ९५ प्रतिशत बासिन्दा चरम खाद्य संकट र कुुपोषणको चपेटामा रहेको वताएका छन् । चरम खाद्य संकटका कारणले नै गाँउका बालवालिका गर्भवती, बयबृद्ध कुुपोषणका शिकार बनेका छन् । बर्षेनी बालवालिकाको कुुपोषणका कारणले मृत्यु हुुने गरेको छ । गाँउमा चरम खाद्य संकट भएको भएपनि सरकारको कुुनै चासो नगएको पाईएको छ । गाँउपालिकाले भने त्यो गाँउमा सधै चरम खाद्य संकट हुुदै आएको गाँउपालिकाले केही सहयोग गर्दै आएको वताएको छ ।

No description available.
बाजुरको स्वामिकार्तिक खापर गाँउपालिका देश र जिल्लाकै सबै भन्दा बढि गरिब स्थानिय तह हो । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा गाँउपालिकामा ७५ प्रतिशत गरिबिको रेखामुुनि रहेको जनाएको छ । वोर्डले गरेको सर्वेक्षणले स्वामिकार्तिक खापर गाँउपालिकामा २१ सय ८५ परिवार मध्ये १८ सय ३८ परिवार चरम गरिबिको रेखामुनि रहेको देखाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार