• होमपेज
  • समाचार
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • मङ्लबार, साउन १९, २०७८
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।

दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार