• होमपेज
  • समाज
  • जनमत पार्टीद्धारा बृहत पद यात्रा –याली प्रर्दशन।

जनमत पार्टीद्धारा बृहत पद यात्रा –याली प्रर्दशन।

  • सोमवार, साउन १८, २०७८
जनमत पार्टीद्धारा बृहत पद यात्रा –याली प्रर्दशन।

मेवालाल यादव/ रौतहट १८ साउन — जनमत पार्टी नगर समिति राजदेवीद्धारा आज बृहत पद यात्रा –याली प्रर्दशन गरेका छन । जनमत पार्टी को केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानूको प्रमुख सहभागितामा जनमत पार्टी बरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह , जिल्ला सचिव बिकास कुमार यादव, युवा जनमत संघको जिल्ला संयोजक ज्वाला रानबिर उर्फ बिवेक झाको नेतृत्वमा राजदेवी नगरपालिकाको मुडबलवा गेट वाट प्रर्दशन शुरु गरी राजदेवी नगरपालिकाको कार्यालय सम्म भ्रष्टाचार बिरुद्ध पद यात्रा –याली प्रदर्शन गरेका हुन । प्रर्दशन गर्ने क्रममा विभिन्न खाले चर्को नारा लगाइएको थियो । जनमत पार्टी द्वारा राजदेवी नगरपालिका घेराउ गरेको थियोे ।
राजदेवी नगरपालिका स्थित मुडबलवा गेट वाट राजदेवी नगरपालिकाको कार्यालय सम्म भ्रष्टाचार बिरुद्ध कडा नाराबाजी का साथ बृहद पद यात्रा रैली प्रदर्शन सहित नगरपालिका को कार्यालय घेराउ गर्दै सुचना को हक अन्तर्गत विभिन्न विवरणहरु को माग राख्दै निवेदन दर्ता गराएको छ। त्यस पस्चात कोणसभामा परिणत भएको रैली लाई नेताहरु ललित मल्लिक शानू, अशोक कुमार सिंह, बिकास कुमार यादव, अविनाश सिंह टिल्लु, शिवशरण यादव लगायतका नेताहरुले संबोधन गर्नु भएको थियो।
कोणसभा संचालन युवा जनमत संघ रौतहट संयोजक ज्वाला रणविर ( बिबेक) ले गर्नु भएको थियोे ।नगर संयोजक प्रभु यादव लगायत जनमतका पार्टीका कार्यकर्ता नेताहरु सहभागिता रहेका थियो ।

चर्चामा

सम्बन्धित समाचार