• होमपेज
  • समाचार
  • विद्यार्थी भर्नाबारे विवाद हुँदा रौतहटको विद्यालयभित्र लाठी हानाहान, १९ जना घाइते

विद्यार्थी भर्नाबारे विवाद हुँदा रौतहटको विद्यालयभित्र लाठी हानाहान, १९ जना घाइते

  • सोमवार, साउन १८, २०७८
विद्यार्थी भर्नाबारे विवाद हुँदा रौतहटको विद्यालयभित्र लाठी हानाहान, १९ जना घाइते

रौतहटको माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन्।

स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावक पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका हुन्।

घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो।

रौतहट जिल्लाको माधवनारायन न.पा.मा रहेको श्री माध्यमिक विद्यालयमा भएको यस्तो क्रुर घट्नाको धोर भत्सर्ना गर्दै विद्यालय जस्तो शान्ती क्षेत्र भित्र यस्तो हिंसात्मक क्रियाकलापमा संलग्न सम्पूर्णलाई तत्काल कडा कारवाही गरियोस ।‘विद्यालय सञ्चालान नगरे पनि खोल्ने, विद्यार्थी भर्ना गर्ने निर्णय भएको थियो। त्यसैबीचमा केही अभिभावकले आफ्नो बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका थिए,’ उनले भने, ‘तर कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो।’

झगडा गर्ने दुबै पक्षका मुख्य एक-एक जनालाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए। झडप भएका दुबै पक्षबीच अहिले इलाका प्रहरी कार्यालय गरुडामा छलफल चलिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार