• होमपेज
  • समाचार
  • महिलालाई यौन कार्यमा लगाएको आरोपमा २ जना पक्राउ

महिलालाई यौन कार्यमा लगाएको आरोपमा २ जना पक्राउ

  • सोमवार, साउन १८, २०७८
महिलालाई यौन कार्यमा लगाएको आरोपमा २ जना पक्राउ

महिलालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । महिलालाई राम्रो काममा लगाइ दिने प्रलोभन देखाइ यौन कार्यमा लगाएको आरोपमा पोखराको अमरसिंह चोकबाट प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो ।

यौन कार्यमा लगाएको आरोपमा पोखरा अमरसिंह चोक स्थित एसके खाजाघर संचालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

उनका अनुसार खाजाघर सञ्चालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइ दिने प्रलोभन देखाएर महिलाहरुलाई डर त्रास देखाएर यौन कार्यमा लगाएको आरोप पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भइरहेको छ । पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार