बाजुरा — युवासंघ नेपाल बाजुराले सदरमुकाम मार्तडीमा विरोध प्रदर्शन गरेको छ ।
दार्चुलाको महाकाली नदीमा तुइन चढेर यात्रा गरिरहेका बेला तुइन काटेर यात्रुलाई भारतीय सेनाले बेपत्ता पारेकोमा सरकार मौन रहेको विरोध जनाउदै मार्तडीमा प्रदर्शन गरेकोे छ ।
युवा संघ नेपाल बाजुराले सरकारलाई ध्यानाकर्षण सहित तुईन काटेर महाकालीमा जय सिहं धामीको मृत्यु भएकोले सरकारले कुनै चासो नदेखाएकोले विरोध प्रर्दशन गरेको युवा संघका नेता मिलन एेडीले बताए ।
आइतबार दिउसाे बाजुराको क्षेत्र (ख) को सदरमुकाम मार्तडीमा राष्ट्रिय युवासंघ नेपाल द्धारा बजार परिक्रममा गरि बडिमालिका नगरपालिकाकोे लोकतान्त्रिक चोकमा कोण सभा गरेको राष्ट्रिय युवासंघ नेपाल बाजुराले जनाएको छ ।
नेपाल माथि भएको भारतीय हस्तक्षेपलाइ सरकारले किन बोल्दैन देखन कि सुनेन भन्ने मुल नाराका साथे हामी नेपालीले न्याय किन पाउदैन सरकार पनि कि चुप चाप बसिरहेको नारा सहित विरोध गरेको राष्ट्रिय युवासंघ नेता लक्ष्मण रोकायाले जानकारी दिएका छन ।
नेपालली जनतामाथि अन्याय भएर दिन प्रति दिन नेपालमा यस्ता घटना घटिरहेका र सरकार मौन बस्ने हो भने अझ कतिले यसै गरि ज्यान गुमाउनु पर्ने हो थाहा छैन सरकारले यस्ता मानविय घटना घटेको छ तर यसका बिषयमा किन चुप लाग्छ यसरी चुपचाप लागेर कुनै पनि न्यायको बारेमा भारतलाई ध्यानाकर्षण गराउदै नेपाल माथिको हस्तक्षेपका विरुद्ध आवाज उठाउन सरकारलाई दवाव दिन विरोध गरेको रोकायाले जनाएको छ ।
त्यसै गरू बाजुराकाे प्रदेश (क ) काे काेल्टिमा समेत बिराेध प्रदेशन गरेकाे युवासघका नेता बिष्णु कार्कीले बताए । बिराेध र्याली कार्यक्रम काेल्टि बजार परिक्रमा गरि शिव पार्कमा काेण सभा गरीएकाे नेता कार्कीले बताए ।