• होमपेज
  • समाचार
  • बौधिमाइ न.पाका नगर प्रमुख यादवद्वारा ७७६ परिवारलाई ग्यास सिलिन्डर वितरण तथा पार्टीमा प्रवेशको लहर ।

बौधिमाइ न.पाका नगर प्रमुख यादवद्वारा ७७६ परिवारलाई ग्यास सिलिन्डर वितरण तथा पार्टीमा प्रवेशको लहर ।

  • आइतवार, साउन १७, २०७८
बौधिमाइ न.पाका नगर प्रमुख यादवद्वारा ७७६ परिवारलाई ग्यास सिलिन्डर वितरण तथा पार्टीमा प्रवेशको लहर ।

मेवालाल यादव/साउन १७ गते — राैतहट जिल्लाकाे बौधिमाइ नगरपालिकाकाे-४ इनरवारी टोलमा आज ग्यास सिलिन्डर वितरण गरिएको छ । बौधिमाइ नगरपालिकाकाे-४ इनरवारीमा आज आइतवार ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे । बौधिमाइ नगरपालिकाकाे नगर प्रमुख राजीव रंजन यादव तथा निर्वाचन क्षेत्र -२ ख प्रदेश सभा सदस्य रामकिसोर यादवको अतिथ्यतामा ७७६ ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे ।कार्यक्रमकाे अध्यक्ष वडा अध्यक्ष देवनारायण प्रसादले गर्नु भएकाे थियो । कार्यक्रमकाे संचालन प्रमोद यादवले गर्नु भएको थियाे ।नगर प्रमुख तथा युवा कान्छो मेयर राजीव रंजन यादवको चुनावी प्रतिबद्धता अनुरुप बौधिमाइ नगरपालिकाकाे-४ इनरवारी टोलमा झण्ड़ै ७७६ घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । बौधिमाइ नगरपालिकाकाे नगर प्रमुख राजीव रंजन यादव तथा निर्वाचन क्षेत्र -२ ख प्रदेश सभा सदस्य रामकिसोर यादवको अतिथ्यतामा धुवामुक्ता , ग्यास सिलिन्डर तथा चुल्हाे वितरण कार्यक्रमको मैन बती बालेर उदघाटन गर्नु भएको थियो।

बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजिव रंजन यादवद्वारा प्रथम प्राथमिक्ता दलित बिपन्न , गरिब र अन्य समुदायका परिवारहरुलाई ७७६ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हो ।

माननिय प्रदेश सासंद एवम क्षेत्र न.२(ख) विधायक रामकिशोर यादबकाे प्रमुख आतिथ्यमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।
ग्यास सिलिन्डर चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायत वितरण गरेका छन् ।बौधिमाइ नगरपालिकाकाे नगर प्रमुख राजिव रंजन यादवको भनाइ अनुसार नगर भरिका घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो , त्यसलाइ हटाउनको लागि धुवामुक्त कार्यक्रम अन्तर्गत २०७७ /२०७८ मा खरिद गरिएको ग्यास सिलिन्डर तथा चुल्हाे सेट वितरण आज गरिएको हो
अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको नगर प्रमुख राजीव रंजन यादवको भनाइ रहेको छ ।
यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र धुँवामुक्त हुने विश्वास गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
बौधिमाइ नगरपालिकाको वडा नं- ४ को स्थानीय जनताहरुले ग्यास सिलिन्डर तथा चुल्हो सेट लगायतका सरसमानहरु पाउदा एकदमै खुशी भएको हो।

नगर प्रमुख राजीव रंजन यादव तथा निर्वाचन क्षेत्र -२ ख प्रदेश सभा सदस्य रामकिसोर यादवको प्रमुख अतिथिमा
बौधिमाइ नगरपालिकाकाे -४ इनरवारी टोलमा धुँवामुक्त कार्यक्रम अन्तर्गत हजारोको संख्यामा एमाले ,नेपालि कांग्रेस छोडेर समाजवादी पार्टीमा आज पार्टी प्रवेश गरेका छन्।

सो धुँवामुक्त कार्यक्रममा प्रमुख निर्वाचन क्षेत्र -२ ख प्रदेश सभा सदस्य रामकिसोर यादव ,बिशिष्ट अतिथि जिल्ला समन्वय समिति रौतहट का उप साभापति राम बशिष्ट यादव ,बौधिमाइ नगरपालिकाकि उपप्रमुख प्रेमलाता कुशवाहा ,बौधिमाइ नगरपालिकाकाे नि .प्रसासकिय अधिकृत रामेश्वर यादव ,वार्ड न-६ का वाडा अध्यक्ष ह्रृदेनारायण यादव ,युवा नेता लखिन्द्र यादव ,सिकिन्द्र यादव ,इ .प्रहरी कोपवा को प्रमुख महेश यादव ,ओम यादव , बौधिमाइ नगरपालिकाको वडा सदस्य , जनप्रतिनिधि , पत्रकार लगायतका कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार