• होमपेज
  • समाचार
  • कैलालीको कर्णाली नदीमा डुंगा पल्टियो

कैलालीको कर्णाली नदीमा डुंगा पल्टियो

  • आइतवार, साउन १७, २०७८
कैलालीको कर्णाली नदीमा डुंगा पल्टियो

धनगढी — कैलालीको कर्णाली नदीमा डुंगा पल्टिएको छ। डुंगा पल्टिएर डुब्दा ५ जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट काठको डुंगा चढेर सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा जाने क्रममा डुंगा पल्टिएको हो। डुंगा पल्टिएर र दुर्घटना हुँदा ५ जना बेपत्ता भएको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए।

बालबालिकालाई नियमित खोप लगाउन उनीहरु मोहन्याल गाउँपालिका अन्तर्गत मलेखाबाट सुर्खेतको विजौरा जाने क्रममा दुर्घटनामा परेका हुन्। वर्षामा बढेको कर्णाली नदीमा डुंगाबाट खसेर बेपत्ता भएपछि खोज्न समेत समस्या भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार