• होमपेज
  • समाचार
  • कम्प्युटरमा काम गर्दा कसरी बस्ने ?

कम्प्युटरमा काम गर्दा कसरी बस्ने ?

  • शनिबार, साउन १६, २०७८
कम्प्युटरमा काम गर्दा कसरी  बस्ने ?

१. कुर्सीको उचाई घुँडा भन्दा ४ इञ्च उचाइँमा बस्दा तीघ्रा र पिँडौलाको बीच १०० डिग्रीको कोण बनोस् ।

२. कुर्सीको पोजिसन ढाडको २/३ सम्म उचाइको, कम्मरलाई आड भएको होस् ।

३. ढाड कुर्सीसंग १०० डिग्रीको कोण बनाई लम्बबत सिधा बस्ने।

४. टाउको सिधा अगाडि हेरिएको, अली पछाडि ढल्किएको, कान, काँध र हिप एउटै सम रेखामा बनाउने ।

५. घाँटी सिधा, छाती अगाडि, कुहिना पखुरासंग १०० डेग्रीको कोण बनाएर सिधा अगाडि हुँने प्रयत्न गर्ने ।

६. आँखा (दृष्टि) स्क्रीनको २/३ को लेबलमा, सीधा अगाडि, स्क्रीनभन्दा डेढ/दुई फिट टाढा राख्ने ।

७. किबोर्ड कुहिनाको लेबलभन्दा २ इञ्च तल अगाडी पार्ने ।

८. माउस किबोर्डको छेउमा राख्ने ।

९. डकुमेन्ट होल्डरस मनिटरको छेउमा राख्ने ।

१०. हेडफोन तार नलग्याई सिधै लाउने ।

चर्चामा

सम्बन्धित समाचार