• होमपेज
  • देश
  • बाजुरामा तेस्रो चरणको पहिलो डोज कोभिड १९ बिरुद्धको खोप शुक्रबारबाट शुरु

बाजुरामा तेस्रो चरणको पहिलो डोज कोभिड १९ बिरुद्धको खोप शुक्रबारबाट शुरु

  • शुक्रबार, साउन १५, २०७८
बाजुरामा तेस्रो चरणको पहिलो डोज कोभिड १९ बिरुद्धको खोप शुक्रबारबाट शुरु

बाजुरा ०७८ साउन १५ गते — बाजुरा जिल्लामा तेस्रो चरणको पहिलो डोज कोभिड १९ बिरुद्धको खोप साउन १५ गतेबाट शूूरु भएको छ । साउन १५ गते जिल्ला सदरमुकाम रहको बडिमालिका नगरपालिका वडा नम्बर ८,९ र त्रिबेणी नगरपालिकाबाट शूरु गरिएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए ।
साउन १६ गतेबाट बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउपालिका, गौमूल गाउपालिका र बडिमालिका नगरपालिकाका अन्य वडाहरुमा शूूरु गरीने चन्दले बताए ।
त्यस्तै जिल्लाका पूूर्वी उत्तरी क्षेत्रका चार ओटा स्थानिय तह बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउपालिका, जगन्नाथ गाउपालिका र हिमाली गाउपालिककामा साउन १७ गते बाट शूूरु हुुने उनले बताए ।
भौगोलीक बिगता र बर्षाका कारण बाटो बन्द हुदा सबै स्थानिय तहरुमा खोप बोकेर लिनु पर्ने भएकोले स्थानिय तहका केन्द्रमा खोप पुुगाउनै समस्य भएको प्रमुख भन्दले बताए ।
खोप ५५ देखी ६१ बर्ष उमेर समुहका नागरिक ब्यापारी, सामाजिक ब्यक्ति, शिक्षक, सार्बजनिक यातायात चालक र सहचालहरु,खोप अनिबार्य गरेका देशमा जाने नागरिकहरु, लगाएतलाई लक्षित गरेर खोप लगाईने बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताए ।
यो पटक जिल्लामा ९ हजार ७ सय डोज उपलब्ध छ । जिल्लामा कम हो सबैलाई नपुुग्ने भएकोले बढी जोखिम तथा समूहलाई प्राथामिकताका आधारमा खोप लगाउने केन्दिय मापदण्ड अनुसार फलो गरीएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्द्रले बताए ।
कोभिड १९ न्यूनीकरणको लागि भन्दै खोप लगाउनु खोप केन्द्र नै ब्यबस्थित छैन । सामाजिक दुरी गरेर मास्क प्रायोग साबुन पानीले हात धुनु पर्ने भएपनि खोप केन्द्रमा भिडभार धेरै भएको सामाजिक दुरी कायम नै नगरी कोरोना संक्रमण झन सार्न सहयोग पुग्ने भएको स्थानिय योगेन्द्र थापाले बताए ।
शिक्षक ब्यापारी जस्ता बौदिक समुहले नै यस्तो भिडभाड गरी रहेका छन भने शिक्षकले स्कुलमा बिद्यार्थीहरुलाई कसरी कोरोना रोकथाम बारे जनचेतदा दिन्छन होला खोप केन्द्रमै थापाले बताए ।
जिल्लामा उपलब्ध खोप बडिमालिका नगरपालिकामा १ हजार ६ सय ४८ डोज, बुढीगंगा नगरपालिकामा १ हजार ९ सय ९० डोज, बुढीनन्दा नगरपालिकामा ६ सय ७० डोज, त्रिबेणी नगरपालिकामा १ हजार ६ सय ९० डोज, खप्तड छेडेदह गाउपालिकामा १ हजार ७ सय २८ डोज, गौमूल गाउपालिकामा ७ सय ८९ डोज, स्वामीकार्तिक खापर गाउपालिका ४ सय ४६ डोज, जगन्नाग गाउपालिकामा ३ सय २९ डोज र हिमाली गाउपालिकामा ३ सय २४ डोज पठाएको निमित्त प्रमुख चन्दले बताए ।
खोप सेवा साउन २० गतेसम्म संचालन हुने गरी तयारी भएको छ भौगालीक बिकटताले सबै स्थानिय तहमा खोप पुुगाउन सकीए पछि केन्द्रले तोकेकै मितिमा खोप लगाई सक्ने उद्देश्यले काम गरीरहेको चन्दले बताए ।
यता सेवा ग्राहीहरुले खोप नपाएको गुनासको गरेका छन् । लक्षित बर्ग भन्दा पनि चिनजानका र पाओरवालाहरुलाई लगाउने गरेको मार्तडी बाजरमा होटेर ब्यवसायी शेरबहादुर खड्काले बताए । आफू खोप लगाउन गए हुदैन भन्दै पठायो । उद्योग बाणीज्य संघको पत्र लिएर आउन भन्दै फिर्ता पठाए । पछि उद्योग बाणिज्य सघलाई पत्रको लागि बुुझ्दा केही दुुईचार जनाको ब्यापारीको नाम मात्र सिफारी गरेको पठाए उनले बताए । आफु पनि होटेलमा सेवा ग्राही बिभिन्दा देश तथा बिदेश देश भित्रका कोरोना प्रभाबित जिल्लाबाट आएका ग्राहकहरुलाई सुवा दिन्छु । हामी बढी जोखी हुने तर खोप नपाएको खड्काले गुुनासो गरे ।
यो भन्दा पहिला बिभिन्न समूह गरी १९ हजार १ सय ३१ लाई खोप लाई सकेको स्वास्थ्य कार्यालयमा तथ्याङ्क रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार