शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सडकमै बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

सडकमै बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

  • शुक्रबार, साउन १५, २०७८
सडकमै बाँदरको ‘ग्याङ फाइट’, घण्टौँ ट्राफिक जाम

यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए । जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए । यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो । यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार