• होमपेज
  • समाचार
  • मासु खानेमा मुटु रोगको जोखिम बढी

मासु खानेमा मुटु रोगको जोखिम बढी

  • शुक्रबार, साउन १५, २०७८
मासु खानेमा मुटु रोगको जोखिम बढी

कतिपयले मांसाहारी खानाको स्वादसंगै पोषण र स्वास्थ्य लाभ समेत बढि हुने तर्क गर्छन् । तर एक अमेरिकी जर्नल क्लिनिकमा प्रकाशित अनुसन्धान अनुसार मांसाहारीको तुलनामा शाकाहारीमा हृदयघात हुने संभावना कम रहने देखिएको छ ।

शाकाहारी खानपान गर्नेहरूलाई मांसाहारीको दाँजोमा मुटु रोग हुने खतरा निकै कम हुने देखिएको छ । अमेरिकी जर्नल क्लिनिकल न्युट्रिसनमा प्रकाशित युनिभर्सिटी अफ अक्सफोर्डको फ्रान्सिस्को क्त्रोवीले नेतृत्व गरेको अनुसन्धान अनुसार शाकाहारीको मृत्यु हृदयाघातबाट हुने आशंका समेत कम हुन्छ ।

क्त्रोवीले सन् १९९० को सुरुवातबाट बेलायत र स्कटल्यान्डका ४५ हजार व्यक्तिको नियमित खानपानको तथ्यांक राख्न थाले । १२ वर्षको समयमा त्यो अध्ययनमा सहभागीमध्ये एक हजारभन्दा बढी व्यक्ति मुटु रोगका कारण अस्पताल भर्ना भए भने ती मध्ये १ सय ६९ जनाको मृत्यु हर्टअट्याकले भयो । सोहि अनुसन्धानमा शाकाहारी भोजन गर्ने सहभागीलाई मुटुको रोग हुने खतरा मांशाहारीको दाँजोमा ३२ प्रतिशतसम्म कम पाइयो ।

अनुसन्धान अनुसार औसतभन्दा बढी तौल भएका शाकाहारीलाई मुटु रोग हुने जोखिम २८ प्रतिशतसम्म कम थियो । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार