• होमपेज
  • समाचार
  • बोक्सीको आरोपमा महिलामाथि कुटपिट, एकजना पक्राउ

बोक्सीको आरोपमा महिलामाथि कुटपिट, एकजना पक्राउ

  • बिहिबार, साउन १४, २०७८
बोक्सीको आरोपमा महिलामाथि कुटपिट, एकजना पक्राउ

धनगढी– बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने तीन जनालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका–४ लिवाङकी २६ वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिल स्मृति गाउँपालिका–६ गजुलका कथित धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई पक्राउ गरिएको हो।

घटना साउन ६ गते भए पनि ढिलोगरी खबर आएको प्रहरीको भनाइ छ। पक्राउ परेका तीनैजनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए।

कुटपिट गर्ने व्यक्ति रोल्पा नगरपालिकामै बसेर धामी झाँक्रीको काम गर्दै आएको बताइन्छ। उनीहरुले बोक्सीको आरोप लगाउँदै ती महिलालाई कोठामै गएर कुटपिट गरेका थिए। कुटपिटबाट महिलाको अनुहारमा चोट लागेको छ।

चर्चामा

सम्बन्धित समाचार