• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारमा ओली

प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारमा ओली

  • बुधबार, साउन १३, २०७८
प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारमा ओली

नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार आएका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् । संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार