बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • २५० पानाको एक रहस्यमय पुस्तक, अहिलेसम्म कसैले पढ्न सकेको छैन

२५० पानाको एक रहस्यमय पुस्तक, अहिलेसम्म कसैले पढ्न सकेको छैन

  • बुधबार, साउन १३, २०७८
२५० पानाको एक रहस्यमय पुस्तक, अहिलेसम्म कसैले पढ्न सकेको छैन

संसारमा कतिपय यस्ता रहस्य छन् जसलाई पार लगाउन अहिलेसम्म कसैले पनि सकेको छैन । यस्तै रहस्यको गुत्थीको रुपमा रहेको छ २४० पृष्ठको एउटा पुस्तक । यो पुस्तक अहिलेसम्म कसैले पनि पढ्न सकेको छैन ।

इतिहासकारहरुका अनुसार यो रहस्यमय किताब ६ सय वर्ष भन्दा पनि पुरानो हो । यो किताब १५ औँ शताब्दीमा लेखिएको कार्वन डेटिंगबाट पुष्टि भएको छ । यो पुस्तक हस्तलिखित हो तर यसमा के लेखिएको छ र यो कुन भाषा हो ? आजसम्म कसैले पनि बुझ्न सकेको छैन ।

पहिल्याउन नसकिएको रहस्य जस्तै बनेको यो किताबलाई भोएनिक म्यानुस्त्रिप्ट नाम दिइएको छ । इटालीका एक पुस्तक बिक्रेता विलफ्रिड भोएनिकको नामबाट यो पुस्तकको नाम राखिएको छ । उनैले सन् १९१२ मा यो पुस्तक खरीद गरेका थिए । यो पुस्तकमा मानिस तथा रुखविरुवाहरुका चित्र पनि बनाइएको छ ।

भोएनिक पाण्डुलिपी नामक यस पुस्तकमा कोरिएका कतिपय चित्र निकै अनौठा र रहस्यमय छन् । यसमा रहेका कतिपय रुखका चित्र यस्ता छन् कि जो अहिले पृथ्वीमा रहेका कुनैपनि रुख बिरुवासँग मेल खाँदैन ।

यो पुस्तकमा सुरुमा अझै धेरै पन्‍ना रहेकोमा च्यातिएर हाल २४० पन्नामात्रै बाँकी रहेको बताइन्छ । पुस्तकमा लेखिएका सबै कुराहरु बुझ्न नसकिएता पनि केही शब्दहरु चाहिँ जर्मन र ल्याटिन भाषाका रहेका छन् ।

कतिपय मानिसहरुका अनुसार यो किताब नियतबस यसरी बुझ्न नसकिने बनाएर लेखिएको हुनसक्छ । यसको रहस्यलाई लुकाउनकै लागि किताबलाई त्यस्तो नबुझ्ने भाषामा लेखिएको हो भन्ने तर्क पनि कतिपयको छ ।

तर त्यो रहस्य के थियो भन्ने कुरा अहिले कसैले पनि भेउ पाउन सकेको छैन । सो रहस्य पुस्तक लेख्नेलाई थाहा थियो होला वा आगामी दिनमा कसैले पत्ता लगाउन पनि सक्दछन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार