• होमपेज
  • राजनीति
  • क्याबिनेटका पाँच निर्णय : प्रदेश प्रमुख हेरफेर, योजना आयोगमा नयाँ नियुक्ति

क्याबिनेटका पाँच निर्णय : प्रदेश प्रमुख हेरफेर, योजना आयोगमा नयाँ नियुक्ति

  • बुधबार, साउन १३, २०७८
क्याबिनेटका पाँच निर्णय : प्रदेश प्रमुख हेरफेर, योजना आयोगमा नयाँ नियुक्ति

नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ । पहिलो निर्णयमा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ । बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

दोस्रो निर्णयमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोमित चितवन निवासी पृथ्वीमान गुरुङलाई गण्डकी र चितवन नै निवासी अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
​तेस्रो निर्णयमा नेपाली सेनाको वरिष्ठ अधिकृत रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
​चौथो निर्णयमा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ भने पाँचौ निर्णयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यहरुमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार