• होमपेज
  • समाचार
  • साढे ५ किलो चरेशसहित कैलालीबाट दुईजना पक्राउ

साढे ५ किलो चरेशसहित कैलालीबाट दुईजना पक्राउ

  • मङ्लबार, साउन १२, २०७८
साढे ५ किलो चरेशसहित कैलालीबाट दुईजना पक्राउ

कैलालीको गौरिगंगा नगरपालिकाबाट प्रहरीले ५ किलो ५ सय ग्राम चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरिगंगा–११ घर भएका ४० वर्षीय गोरे धामी उर्फ गोरख र गोदावरी नगरपालिका–६ घर भएका धन बहादुर धामी छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले आरोपीहरुको साथबाट १ लाख २० हजार नगद पनि बरामद गरेको छ ।

पुर्वपश्चिम राजमार्गबाट पक्राउ परेका गोरे धामिको साथमा चरेश फेला परेको थियो । साढे ५ किलो चरेश धनबहादुरले दिएको बयानका आधारमा उनलाई गौरिगंगा–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले रातोपाटीलाई बताए । उनिहरुबिरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार