शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टि डिपोमा चामल सकियो, एकजनालाई १० केजी मात्र

कोल्टि डिपोमा चामल सकियो, एकजनालाई १० केजी मात्र

ठेकेदारले चामल ढुवानी नगर्दा दुर्गममा खाद्य अभाब

  • सोमवार, साउन ११, २०७८
कोल्टि डिपोमा चामल सकियो, एकजनालाई १० केजी मात्र
बाजुराको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टि शाखामा चामल अभाब भएको छ  कोल्टि शाखा कार्यलय

 बाजुरा — बाजुराको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड कोल्टि शाखामा चामल अभाब भएको छ । शाखामा चामल कम भएपछि नागरिकता बोकेर आएपछि एकजनालाई १० केजी चामल मात्र बिक्रि गर्ने गरेको कोल्टि शाखा प्रमुख नविन आर्चायले वताएका छन् ।
कोल्टि शाखामा अहिले ३ सय कुन्टल चामल मात्र मौजात रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराले कोल्टी शाखामा चामल अभाब शुरु भएपछि प्रति ब्यक्ति नागरिकताको आधारमा १० केजी बिक्रि गर्न निर्देशन दिएको थियो । त्यहि अनुसार बिक्रि गर्ने गरेको कोल्टि शाखाले जनाएको छ । स्थानिय संस्थानमा चामल सकिएपछि बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् ।
निमित्त प्रमुुख जिल्ला अधिकार समीर भण्डारीले भने कोल्टिमा चामल अभाब भएकोले अर्को ब्यबस्थान नहुदा सम्मको लागि प्रति ब्यक्ति १० किलोका दरले चामल बिक्रि बितरण गर्न पत्राचार गरेको बताए । चामल अभाब भएको संस्थानको प्रदेशलाई चामल ढुवानीको लागि ताकेता समेत गरेको बताए । संस्थानले १० केजी चामल मात्र बिक्रि गर्नेभएपनि चामल लिनेको निकै घुुइचो लाग्ने गरेको छ ।
आर्थिक बर्ष ०७७। ०७८ कोल्टि शाखाका लागि १० हजार कुन्टल चामल स्कीकृत भएको थियो । १० हजार मध्ये ८ हजार कुन्टल चामल आएको थियो, २ हजार सुर्खेत बाट नआएको शाखाले जनाएको छ । यो आर्थिक बर्षमा ५ हजार कुन्टल स्वीकृत भएको तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । ओझाले भने उत्तरी क्षेत्रमा चामल अभाब भएको वताए ।
समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्यन्न अभाब भएको हो । कवाडी अस्थाइ डिपोमा भने यो भन्दा पहिला नै चामल सकिएको थियो । कवाडी अस्थाई डिपोका लागि खाद्य संस्थान बाजुराले आर्थिक बर्ष ०७७। ०७८ का लागि ३ हजार कुन्टल चामलको कोटा स्वीकृत भएर ठेक्का भएको थियो । सोही अनुसार ३ जना ठेकेदार को सम्झौता गरेको हो, मार्तडीबाट एल बि कन्टन्सन, कोल्टिबाट ओम शिव कन्टक्सन र धनगढीबाट बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले जिम्मा लिएको थियो । तर १५ सय कुन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
मार्तडीबाट र कोल्टि बाट जिम्मा लिएका एल बि कन्टक्सन र ओम शिब कन्टक्सनले आफ्नो कोटाका चामल ढुवानी गरेर बिक्रि गरेर रकम भुक्तानी भईसकेको छ । धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्टक्सन एण्ड अडर सप्लायर्सले ८ सय कुन्टल चामल ढुवानी नगरेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
कवाडीमा चामल सकीएको दुुई महिना भयो । कोल्टि डिपोमा चाम सकीएर प्रति ब्यक्ति १० किलो मात्र दिन पत्राचार भएको छ । भने मार्तडी डिपोमा पनि महिना दिनसम्मको लागि मात्र मौजात रहेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए । ठेकेदारहरुको लापबार्हीका कारण बाजुरामा सधै खाद्यन्न अभाब हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार