• होमपेज
  • समाचार
  • बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

  • सोमवार, साउन ११, २०७८
बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी बालिकालाई शनिवार उनले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार